बि.सं.२०८० सम्ममा प्रदेश १ बाल विवाह मुक्त प्रदेश घोषणा हुने

बि.सं.२०८० सम्ममा प्रदेश १ बाल विवाह मुक्त प्रदेश घोषणा हुने

विराटनगर । प्रदेश १ लाई आगामी ४ बर्ष भित्र बाल विवाह मुक्त बनाईने भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी २०८० सालसम्ममा प्रदेश १ मा सानै उमेरमा हुने बाल विवाह अन्त्य गरिने घोषणा गरे । शुक्रबार विराटनगरमा बाल अधिकारको स्थिति सम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब बन्ने निति नियम र कार्यन्वयनहरु बालमैत्री बन्ने प्रतिवद्धता व्यक्त गरे ।
महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना र सामाजिक विकास मन्त्रालयकोे समन्वयमा भएको अन्तरक्रियाको क्रममा मुख्यमन्त्री राईले २०८० साल सम्ममा बालविवाह मुक्त प्रदेश बनाइ सक्ने घोषणा गरे । शुक्रबार देखि धरानबाट सुरु भएको सडक बालबालिका मुक्त अभियान प्रदेश भरी नै जारी रहने उनको भनाई छ । स्थानीय, प्रदेश र संघले बालबालिकाहरुको अधिकारका लागी साझा धारणा बनाएर अघि बढ्नु पर्नेमा सहभागीले जोड दिएका छन् ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरेले सडकमा बाच्नु पर्ने अवस्थालाई अन्त्यको लागी अभियान धरानबाट थालिएको बताए । हाल प्रदेश १ मा ६३ जना सडक बालबालिका रहेकोले उनीहरुलाई ब्यवस्थापन गरिनु पर्ने कुरा सामाजिक विकास मन्त्रालयका सचिव बिरबहादुर राईले बताए । प्रदेश १ मा २८ वटा बालगृह रहेकोमा १४ बटा मात्र संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्