विराटनगरबाट नजिकै रहेको ‘मनै लोभ्याउने बर्जुताल’ (फोटो फिचर)

विराटनगरबाट नजिकै रहेको ‘मनै लोभ्याउने बर्जुताल’ (फोटो फिचर)

एन्जु शिवाकोटी ।
विराटनगर । धेरे प्रजातिका चराचुरुङ्गीहरुको चिरविर आवाज । शान्त बिशाल ताल । बोटिङ गर्दे रमाइ रहेका मानिस, तालको प्राकृतिक सुन्दरतासँगै रमाई रहेका प्रेमिल जोडी । अनी सेल्फी खिच्न नतमस्त युवा युवती । यो सुनसरी सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकामा रहेको बर्जु ताल हो ।

प्राकृतिक सुन्दरताले भरिएको यस ताल हालको समयमा पर्यटकिय क्षेत्रको लागी राम्रो गन्तव्य बन्न थालेको छ । एक सय ५२ विगाहा क्षेत्रफलमा फैलिएको यस ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको संख्या दिन प्रतिदिन बढ्न थालेको छ ।
प्राकृतिक रुपमा सुन्दर यस तालको धार्मिक मान्यता पनि छुटै रहेको छ । पौराणिक कालमा पाँच पाण्डव बनबासका क्रममा यस तालमा पुगेका थिए भन्ने मान्यता रहिआएको छ । यस तालको विचमा एक शिव मन्दिर समेत छ ।
यो ताल धेरै बर्ष पहिला एक बर्जु चौधरी नाम गरेका व्यतिmको रहेको थियो र उनको कोही आफन्त न भएकाले उनको निधन पछि स्थानीयले भोगचलान गर्दै आइरहेका थिए । केहि बर्ष यता बर्जु गाउँपालिकाले तालको संरक्षण र सम्वद्र्धन गर्दै आएको स्थानीय रामनारायण कुवरले बताउनुभयो।
यो तालको दृश्यले सबैको मनलाई लोभ्याएको छ । एक सुन्दर पर्यटकिय गन्तव्य बनेको तालमा दैनिक रुपमा हजारैको संख्यामा पर्यटकहरु आउने गरेको कुँवर बताउँनुहुन्छ । नेपालको विभिन्न जिल्लाबाट मात्र नभई सिमा क्षेत्रमा रहेका कारण भारतिय पर्यटककोे समेत भिड लाग्ने गरेको छ ।
‘मैले सात आठ बर्ष देखि यस बर्जु तालको बारेमा त सुन्दै आइरहेको थिएँ तर आएको भने थिइन, कोशी गाउँपालिकाबाट ताल घुम्न आएका देवा शाहले भन्नुभयो, ‘अतिनै सुन्दर लाग्यो । यहाँ फरक प्रजातिका चराहरु हेरेँ त्यो मलाई असाध्यै राम्रो लाग्यो । यति ठूलो क्षेत्रफलमा रहेको यस ताललाई अझै व्यवस्थित गर्दै लैजाने हो भने भविष्यमा निकै प्रसिद्ध गन्तव्य बन्न सक्छ ।’ प्राकृतिक रुपमा यति सुन्दर ताल ओझेलमा परेको जस्तो लागेको उनको भनाई छ ।
यस क्षेत्रमा प्राकृतिक सौन्दयका साथै दुर्लभ चराहरुको समेत अवलोकन गर्न सकिन्छ । यस तालमा १ सय ९ प्रजातिका चराहरु पाइन्छन् ।
बर्जु ताल प्राकृतिक सुन्दरताले भरिभराउ भएता पनि व्यवस्थापन र प्रचारप्रसारको कमिले अझै ओझेलमा परिरहेको छ । भविष्यमा यस ताल पर्यटक आकर्षणको केन्द्र बन्ने आशा स्थानीयको छ ।

 

तस्विर : सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्