तरुण दलको भेला बिराटनगरमा

तरुण दलको भेला बिराटनगरमा

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् । नेपाल तरुण दल क्षेत्र नम्बर ६ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कांग्रेस लोकतन्त्र बचाउन लागेको बताएका हुन् । तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेको उल्लेख गरे ।
सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न नसकेको आरोप कोईरालाको छ । जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्