चिसो बढेसंगै विराटनगरको बजारमा जाडोका कपडाको ब्यापार बढ्यो

<span class='c1'>चिसो बढेसंगै विराटनगरको बजारमा</span> <span class='c2'>जाडोका कपडाको ब्यापार बढ्यो</span>

विराटनगर । जाडोको लागि लुगा किन्न साथिसंग बजार आएकी विराटनगर मुनालपथकी प्रजिला अधिकारी बजारमा कपडाका मुल्य बढी भएको बताउँछिन् । बजारमा जाडोका कपडाहरु राम्रो खालको आएपनि मुल्य बढी भनेको उनले सुनाईन ।
उनीजस्तै नानिहरुका लागि कपडा किन्न धनपालथान गाउँपालिका देखि आएकी रमिला नानीको सुरुवाल किन्दै थिइन । उनले भनिन् ‘जाडोमा बच्चाहरुले कपडा चाँडै फोहोर पारीहाल्छन्, घाम नलाग्दा समस्या हुने भएको कारण किन्न आएको हुँ । दुईचार जोड कपडा त लग्नै पर्यो नी ।’
विराटनगर १ का रविन भगत जाडोबाट बच्नको लागि ज्याकेट र त्यसभित्रबाट लगाउने थर्मकोट किन्न पुगेका थिए । उनले चाडोको कपडा सिजनमा मात्र चाहिने भएकोले बढी लिन खोजिएको आरोप लगाए । ब्यापारीले मनपरी मुल्य बढाएको सुनाए । उनीहरु भन्छन् – ‘गत बर्षको तुलनामा यो बर्ष न्यानो कपडाको मुल्य ४० प्रतिशतले वृद्धि भएको छ ।’
पछिल्लो केही दिनदेखि बढेको चिसोको कारण जाडोका कपडाको ब्यापार बढेको छ । बेलाबेला घामै नदेख्ने गरी चिसो हुने र चिसो हावा चलेको कारण सर्बसाधारण न्यानो लुगाको खोजीमा छन् । पुसको पहिलो सातादेखि बढेको चिसो शुक्रवारको बर्षाको कारण थप बढेको छ । चिसो बढेसंगै चिसोबाट बच्नको लागि न्यानो कपडाको पनि माग बढेको हो ।
केही दिनदेखि बढेको जाडोसंगै न्यानो कपडाको बिक्री बढेको विराटनगर न्यू कलेक्सनकी राधा गौतमले बताइन । कपडा पसलमा बढी मात्रामा ज्यकेटको माग हुने गरेको उनको भनाई छ ।
विगत १२ बर्षदेखि विराटनगरको गुद्री बजारमा कपडा बेच्दै आएका असलमले गतबर्षको तुलनामा यो बर्ष कपडाको मुल्य ४० प्रतिशतले वृद्धि भएको बताए । जलजला चोकका कपडा व्यापारी रमेश यादवले बढेको चिसोसंगै कपडा किन्न आउने ग्राहकको संख्या बढेको छ ।
बजारको प्रतिस्पर्धासंगै अहिले गुणस्तरिय, टिकाउ र कम दाम पर्ने राम्रो लुगाको माग निकबढेको छ । जाडोको शूरुका दिनमा अत्याधिक मुल्य राख्ने ब्यापारीले जाडो घट्दै जाँदा मुल्य पनि घटाउँदै जाने गरेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्