विराटनगर –कटहरी जोड्ने सिघियाँ पुल जिर्ण, पुलमा भ्वाङ परेपछि आवत जावतमा समस्या

विराटनगर –कटहरी जोड्ने सिघियाँ पुल जिर्ण, पुलमा भ्वाङ परेपछि आवत जावतमा समस्या

प्रेम देवान ।
विराटनगर । विराटनगरका सञ्चारकर्मी कमल रिमाल रिपोर्टिङको क्रममा मोरङको कटहरी गाँउपालिका गए । उनी आफ्नो काम सकेर मोटरसाईकलमा फर्कँदै गर्दा विराटनगर र कटहरी जोड्ने हाटखोलामा रहेको सिंघिया खोलाको पुलमा मोटरसाई कुदाउन समस्या पर्यो । पुलको विच भागमा रहेको ठूलो भ्वाङ्गमा उनको मोटरसाईकल प¥यो । उनलाई त्यो भ्वाङ्गमा परेको मोटरसाईकल निकाल्न निक्कै सकस प¥यो । निक्कै मेहनत पछि भ्वाङ्गबाट मोटरसाईकलको चक्का निस्कीयो र उनी आफ्नो अन्तब्य तर्फ लागे ।
विराटनगर १२ का शम्भु मझिया सिटी रिक्सा लिएर कटहरीबाट विराटनगर तर्फ आउँदै थिए । उनको पनि सिटी रिक्सा त्यही ठूलो भ्वाङ्गमा पर्यो । उनलाई पनि कमल रिमाल कै जस्तै समस्या पर्यो उनको सिटी रिक्साको चक्का निक्कै बेरमा निकाले । पुल पुरानो भएर प्वाल परेपछि निक्कै समस्या भएको उनले गुनासो गरे । लामो समयदेखि पुल भत्किएर बिचमै प्वाल परेपछि अहिले यो सडक भएर हिँड्ने सर्बसाधारणलाई समस्या भएको रंगेलीका किरण न्यौपानेले आक्रोश पोखे ।
यी माथिका उदाहरण एकैछिन यो सडक देखिएका र दैनिक यही सडक प्रयोगकर्ताको समस्या हो । यस्ता समस्या विराटनगर र कटहरी जोड्ने पुलमा दैनिक सयौँले सवारीले भोग्दै आएका छन् ।
दैनिकी हजारौँ सवारी साधन आवत जावत गर्ने यो पुल जिर्ण बन्दै गईरहेको छ । करिव ४६ मिटर लामो पुल भत्किने अबस्थामा पुगेको छ ।
पुलको विच भागमा दुई फिट भन्दा लामो भ्वाङ्ग परेको छ । अनि त्यही भ्वाङ्गमा सयौ सवारी साधन पर्ने गरेका छन् । जसले गर्दा ट्राफिक जामको समेत समस्या हुँदै आएको छ । दैनिक हिड्ने सडक असुरक्षित हुँदै गएकोको प्रति स्थानीय भने असन्तुष्ट छन् । सामान्य समस्याको समेत समाधान नगर्दा त्यही बाटो प्रयोग गर्दा असुरक्षित महसुस भएको विराटगरका अजय यादवले गुनासो गरे ।
सिँघिया खोलाको पुल पार गर्ने वितिकै स्थानिय निकायले ठूला तथा साना सवारी साधनबाट कर उठाउने गर्छ । उठेको कर कता जान्छ त्यो अत्तोपत्तो हुँदैन । तर पुल मर्मतमा न महानगरको ध्इान गएको छ न त प्रदेश सरकार कै । ठूला पुल र सडक विराटनगर महानगरपालिका अन्र्तगत नपर्ने भएका कारण प्रदेश तथा संघीय सरकारले हेर्नुपर्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । जिर्ण भन्दै गएका पुल मर्मत तथा निर्माणको लागी आफूले प्रदेश सरकारलाई पहल गरिसकेको मेयर पराजुलीको भनाई छ ।
जिर्ण बन्दै गएको पुल आफुले थाहा पाउँदा देखि नै भत्किने अबस्थामा रहेको कटहरी गाँउपालिकाका अध्यक्ष रामकुमार कामतले स्वीकार गरे । आफू पनि दैनिकी सोही पुलबाट वारपार गर्नुपर्ने भएकोले पुलको समस्या थाहा भएपनि माथिल्लो निकायमा त्यो बारेमा जानकारी गराईसकेको उनको भनाई छ ।
पुलका खम्बाहरु पनि जिर्ण भएर भत्कने अबस्थामा पुगेको उनको भनाई छ । पुलको विच भागमा ठूलो भ्वाङ्ग भएका कारण कुनबेला मान्छे पुलमुनी पुग्ने हो भन्ने चिन्ता बढेको कामत सुनाउँछन् ।
हामीले यस विषयमा सडक डिभिजन विराटनगरमा बुझ्न जाँदा कार्यलय प्रमुखको सरुवा भएका कारण कुनै प्रतिक्रिया दिएन  । सडक डिभिजन कार्यलय विराटनगरका इन्जिनियर नितिस झाले कार्यालय प्रमुख नभएको कारण केही प्रतिक्रिया दिन नसकिने बताए । कार्यलय प्रमुख आउने वित्तिकै जीर्ण र भ्वाङ्ग परेको पुलको बारे जानकारी गराने ईन्जिनियर झाले बताए ।

https://www.facebook.com/ourbrt/videos/524494428190852/?v=524494428190852

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्