विराटनगरमा जुत्ताचप्पल मेलामा ग्राहकको भिड बढेपछी मेला पुष २९ सम्म लम्बियो

विराटनगरमा जुत्ताचप्पल मेलामा ग्राहकको भिड बढेपछी मेला पुष २९ सम्म लम्बियो

विराटनगर पुष २१।

बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०७६” मा एक करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
गत पौष १ गतेबाट जारी जुत्ता चप्पल व्यापार मेलामा बिराटनगर लगायत धरान . इटहरी , झापाबाट समेत ग्राहकहरु जुत्ता चप्पल किन्न आएको आयोजकले बतायो । यसैलाई मध्यनजर गर्दै आयोजकले मेला अवधि बढाउने भएको छ । अब पुष २९ गते सम्म उक्त मेला लाग्ने नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्ययले जानकारी दिए ।

नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेलामा दैनिक जुत्ता चप्पल खरिद गर्न आउनेको भीड बढिरहेको छ ।

घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले पनि ग्राहकलाई आकर्षित गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यले बताए ।
प्रदेश १ का उपभोक्तालाई मध्यनजर गर्दै विराटनगरमा मेला आयोजना गरिएको उपाध्ययले जानकारी दिए । नेपालमा नाम चलेका चर्चित ६ वटा ब्राण्डका चुत्ता, चप्पलहरू मेलामा राखिएको छ । मेलामा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्