विराटनगरमा राजु श्रीवास्तवले मज्जाले हँसाए , मेयरदेखि मन्त्रिसम्मले मनोरञ्जन लिए

विराटनगरमा राजु श्रीवास्तवले मज्जाले हँसाए , मेयरदेखि मन्त्रिसम्मले मनोरञ्जन लिए

बिराटनगर  पुष २१  , 

बिराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम सम्पन्न  भएको छ ।  पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगम , जादुगर कारण चौहान , टिकटकमा समेत लोकप्रिय चीन्की मिन्की र कलाकार श्रेया जैन लगायतको प्रस्तुति रहेको थियो । सबै कलाकारको प्रस्तुतिले बिराटनगरबासीले मज्जाले मनोरन्जन लिएको कार्यक्रम आयोजकले जानकारी दिए ।

कार्यक्रममा उद्योग राज्यमन्त्री मोति दुगड , बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायत बिभिन्न विशिष्ट अतिथी उपस्तिथी रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्