ओबी समाचार प्रभाव : हाटखोला पुल तत्काल मर्मत गर्न सामाजिक विकास मन्त्रीले थाले परामर्श

ओबी समाचार प्रभाव : हाटखोला पुल तत्काल मर्मत गर्न सामाजिक विकास मन्त्रीले थाले परामर्श

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको सिँघिया खोलाको पुलमा ठुलो प्वाल परेपछि त्यसमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त खोलाको पुल तत्काल मर्मत गर्नको लागि सडक डिभिजन कार्यालयसँग परामर्श थालेका छन् । निमिति कार्यालय प्रमुख नितेश झालाई तत्काल प्वाल टालेर अवागमनलाई सहज बनाउन भनेका हुन् ।
विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली सडक खण्डको पुलमा प्वाल परेर दुर्घटना बढेको समाचार आवर बिराटनगर डट नेटले सार्बजनिक गरेपछि मन्त्री घिमिरेको चासो गएको हो । ईन्जीनियर झालाई मन्त्रालयमै बोलाएर ठुलो दुर्घटना हुन नदिने अबस्था ल्याउन उनले आग्रह गरे ।
पक्की पुलको बिच भागमा प्वाल परी नियमित आवागमनमा समस्या परेको तथा पुलमा प्वाल परेको उक्त भाग तत्काल मर्मत सम्भार नगरे भौतिक तथा मानवीय ठुलो दुर्घटना हुने सम्भावना रहेकोले उक्त पुलको समस्या ग्रस्त क्षेत्र तत्काल मर्मत गरी उचित ब्यवस्थापन गर्न भनिएको मन्त्री घिमिरेले बताए ।
ब्यस्त सडकको पुल रहेकोले तत्काल त्यसको मर्मत नगरिए दुर्घटना बढ्ने भएकाले दुर्घटना न्युनिकरणको लागि ईन्जीनियरसँग परामर्श गरेर मर्मत सम्भारको लागि काम अघि बढाउन भनिएको मन्त्री घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्