विराटनगरमा प्रदेश प्रमुखको पत्रकार सम्मेलन, सबैको साझा मान्छे बनेर विदा हुने

विराटनगरमा प्रदेश प्रमुखको पत्रकार सम्मेलन, सबैको साझा मान्छे बनेर विदा हुने

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सबैको साझा मान्छे बनेरै प्रदेशबाट विदा हुने आफ्नो इच्छा व्यक्त गरेका छन् ।
विराटनगरमा सोमबार आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले सबैलाई समान रुपमा लिएर जानु पर्ने भूमिकामा आफू रहेकाले त्यही अनुसार अघि बढ्ने जानकारी दिए । ‘म सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्नु पर्ने ठाउँमा छु,’ उनले भने, ‘त्यसो गर्न नसके म आफैलाई आत्माग्लानी हुन्छ ।’ बिचारमा लागेको लेउ पखाल्न गाह्रो हुने उनको भनाई छ ।
दुई महिना अघि प्रदेश १ को प्रमुख बनेर विराटनगर आएका प्रदेश प्रमुख गण्डकी प्रदेशका बासिन्दा हुन् । सबै कुराले प्रदेश १ भरिपूर्ण र नमुना रहेको ‘प्यासी’को भनाइ छ ।
‘प्यासी’ले संचार जगतले आलोचना, प्रशंसा तथा रचनात्मककता प्रदान गरेर राज्यलाई सहयोग गर्नु पर्नेमा जोड दिए । उनले संचारकर्मीले सूचना नबनाए कोही पनि सूचित हुन नसक्ने स्पष्ट पारे । व्यक्ति भन्दामाथि विधि र नेतृत्व भन्दामाथि नीति छ भन्ने कुरा सबैले बुझ्न सके मात्रै लोकतन्त्रले आफ्नो ठाउँ लिन सक्ने ‘प्यासी’ को भनाइ छ । विधि र नीतिले नै मुलुकको व्यवस्थाप्रति सबैलाई जवाफदेही र लोकतन्त्रलाई मजवुत बनाउने बनाउने उनको ठहर छ । मुलुकमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर रक्षा गर्न पनि विधि र नीति नै मुख्य हतियार रहेको प्रदेश प्रमुख ‘प्यासी’को भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्