जेष्ठ नागरिकलाई सामाग्री वितरण

जेष्ठ नागरिकलाई सामाग्री वितरण

विराटनगर । विराटनगर र बुढीगंगाका जेष्ठ नागरिकलाई खाद्यान्न, कपडा र फलफूल वितरण गरिएको छ ।
विराटनगर ५ का नरेन्द्रवहादुर थापाको १३ औँ दिनको पुण्य तिथीको अवसरमामा विराटेश्वर वृद्घाश्रम र महिला जागृति तथा वृद्घाश्रमका ५२ जना जेष्ठ नागरिकलाई खाद्यान्न, न्यानो कपडा र फलफूल वितरण गरिएको हो ।
वृद्घाश्रममा पुगेर थापाकी श्रीमती मैया थापा, छोराहरु भैरव थापा, ज्ञानेन्द्र थापा, महेन्द्र थापा र दिपेन्द्र थापा लगायतले खाद्यान्न, कपडा र फलफूल वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्