दुहबी कटहरी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई

<span class='c1'>दुहबी कटहरी विद्युत प्रसारण</span> <span class='c2'>लाइन विस्तारमा ढिलाई</span>

विराटनगर । दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई हुँदा कटहरी रंगेली कोेरिडोर क्षेत्रका उद्योगहरुमा विद्युतको समस्या यथावत रहेको छ ।

प्रसारण लाइन तान्ने कार्य अझै नसकिएको र कटहरी सब स्टेशन निर्माण हुन नसकेकोले कटहरी सब स्टेशन चार्ज गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ । सम्बन्धित ठेकेदार र कर्मचारीले काममा ढिलाई गर्दा महिनौ देखिको काम अलपत्र परेको छ । दुहबी कटहरी प्रसारण लाइन क्षेत्रमा पर्ने मोरङको ग्रामथान गाँउपालिका वडा नं. ५ गिदनियामा स्थानीयहरुले हाइटेन्सन लाइनका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै प्रसारण लाइन तान्न अवरोध गर्दै आएका थिए ।

मुख्यमन्त्री शेरधन राईको पहलमा कात्तिक १ गते भूमिगत तार तान्ने गरी ४५ दिन भित्र काम सम्पन्न गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी र ग्रामथान गाँउपालिकाको अध्यक्ष बीच सहमति भएको थियो ।

सहमति पछि करिब ३ किलोमिटर क्षेत्रमा भूमिगत तरिकाले प्रसारण लाइन तानिसकिएको छ । तर अन्य क्षेत्रको तार तान्ने काममा ढिलाई र सबस्टेशनको तयारी पछि पुष मसान्त सम्ममा कटहरी सबस्टेशन चालु हुने नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर भूमिगत तार तान्ने काम भएपनि अझैसम्म काम सम्पन्न नहुँदा त्यस क्षेत्रका उद्योगी व्यापारीहरुले गुनासो गरेका छन् । महिनौं देखि प्रसारण लाइन तान्न नसक्दा कटहरीमा निर्माण गरिएको सबस्टेशन चार्ज हुन सकेको छैन । यसले गर्दा कटहरी रंगेली कोरिडोरमा लो भोल्टेज र विद्युत ट्रिपिङको समस्या भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2