विराट जुत्ताचप्पल मेलामा १ करोड ५० लाखको कारोबार

विराट जुत्ताचप्पल मेलामा १ करोड ५० लाखको कारोबार

विराटनगर । पुस १ गतेदेखि विराटनगरमा जारी विराट जुत्ताचप्पल मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । मेला सकिनै लाग्दा दैनिक ८ लाखदेखि १२ लाख रुपैयाँसम्मको कारोबार भएको व्यापारीहरूले बताएका छन् ।

मेलामा दैनिक करीब ८ हजारसम्म ग्राहक आउने गरेको तथा बढीमा १२ लाख रुपैयाँसम्मको कारोबार भएको मेलाका बजारप्रमुख गोविन्दप्रसाद घिमिरेले बताए । १ लाख ५० हजार दर्शकको भ्रमणबाट ५० हजार जोर जुत्ता विक्री गरी १ करोड ५० लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य राखिएको मेलाले समयअघि नै कारोबार लक्ष्य पूरा गरेको उनको भनाइ छ । २० हजार जोर जुत्ता विक्रीबाटै कारोबार लक्ष्य भेटिएको उनले जानकारी दिए ।

नेपाली जुत्ताघरले आयोजना गरेको मेलामा प्रदेश १ का ग्राहकलाई लक्षित गरिए पनि सीमावर्ती क्षेत्रका भारतीय ग्राहकको समेत भीड लागेको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । पुस २९ गतेसम्म सञ्चालन हुने मेलामा टिकाउ जुत्ताचप्पल तथा ६० प्रतिशतसम्म छूटको अवसर छोप्न झापा, धनकुटा, सुनसरीलगायतका क्षेत्र तथा भारतबाट समेत ग्राहक आएको उपाध्यायको भनाइ छ । करीब ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल एकै ठाउँमा राखिएको मेलामा १०० रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ता राखिएका छन् । मेलामा शिखर सुज, बीएफ डियर हिल सुज, रन सुज, शु लैन्ड, लैन्ड वाक, हाईलाइफु सुज एन्ड स्लिपर ब्रान्डका जुत्ता चप्पल राखिएको आयोजकले जानकारी दिएको छ । अभियान दैनिकमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्