खाली खुट्टामा स्कुल पुगेका विद्यार्थीलाई गोविन्द सहनीको न्यानो माया (भिडियो सहित)

खाली खुट्टामा स्कुल पुगेका विद्यार्थीलाई गोविन्द सहनीको न्यानो माया (भिडियो सहित)

विराटनगर । पौष महिनाको कठियाङग्रीने जाडो मौसम । चिसो मौसमले होला जो कोहीको मुटु अवस्य नै काम्छ । अनि त्यति कठ्याङग्रीने जाडोमा एक सरो कपडाको साथमा खाली खुट्टा स्कुलका विद्यार्थी । हुनेखानेका छोरा छोरीको ज्याकेट र जुत्ता छन् । तर नहुनेका लागी साह्ै दुख हात छातीमा राखेर जाडो छेल्नु पर्ने वाध्यता ।

https://www.facebook.com/ourbrt/videos/2585108104918503/

सायद जाडोले हुनुपर्छ विद्यार्थीहरु स्कुल परिसरमा काम्दै गरेका दृष्य प्रष्ट देखिन्थ्यो । तराईमा बढेको अत्याधिक जाडोका कारण विद्यार्थीहरु पनि कमै आउने गर्दछन् । यो दृष्य हो मोरङको जहदा गाँउपालीका ३ स्थित जयरामपुरमा रहेको श्री माँ भवानी आधारभुत विद्यालयको ।
जहाँ स्थानिय सरकारको समेत ध्यान पुग्न सकिरहेको छैन । तर विराटनगरका एक समाजसेवीले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागी भने अभिभावकत्व निर्वाह गरेका छन् । जाडोले कामीरहेका विद्यार्थीहरु झयालबाट हेरिरहेका थिए । त्यही झ्यालबाट नियालिरहेका विद्यार्थीको लागी विराटनगर १२ का समाजसेवी गोविन्द सहनीले एक सरो जाडोमा लगाउने कपडा लिएर पुगे । कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुका लागी स्वीटर र टोपी कक्षा कोठा मै पुगेर विद्यार्थीहरुलाई लगाइदिए । न्यानो कपडाबाट वञ्चित बालबालिकाहरु कपडा पाएर धेरै खुशी देखिन्थे ।
गोवीन्द सहनीले आफ्नो स्वर्गवास भईसकेकी श्रीमती बबिता देवी सहनीको स्मृतीमा विद्यार्थीहरुलाई न्यानो कपडा सँगै मिठाई समेत वितरण गरेका थिए । सहनी आफ्ना छोरा – बुहारी र ईष्टमित्रसँगको सहयोगमा स्कुलका १६० जना विद्यार्थीलाई कपडा वितरण गरे । जाडोको समयमा विद्यार्थीहरुलाई यसरी व्यक्तिगत रुपमा न्यानो कपडा वितरणबाट विद्यार्थीहरुलाई ठूलो राहत मिल्ने स्कुलका प्रध्यापक असोक कुमार मण्डलले बताए ।
यसैविच गोवीन्द सहनीले जहदागाँउपालीका ५ मझारेमा रहेको हनुमान आधारभुत बिद्यालयमा समेत न्यानो कपडा वितरण गरेका छन् । न्यानो कपडा वितरण गर्न पुगेका गोबिन्द सहनीको टोलीलाई बिद्यालयको तर्फबाट स्वागत तथा सम्मान गरेको थियो ।
विद्याथलयमा अध्ययरन १५३ जना विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरेका थिए । त्यति मात्र हैन सहनीले स्कुलको चिसो भईमा एक सरो कार्पेटको भरमा बसेर पढिरहेका बिद्यार्थीहरुको अवस्था देखेर कार्पेट किन्नको लागी आर्थीक रकम समेत सहयोग गरेका छन् । सहनीले यस अघि विराटनगरको विभिन्न स्थानमा रहेका मन्दिर अगाडी बसी मागेर जीविको पार्जन गर्ने व्यक्तिहरुलाई समेत न्यानो कपडा विरतरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्