विराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज हुँदै

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस</span> <span class='c2'>आइडिया च्यालेन्ज हुँदै</span>

विराटनगर । बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज आयोजना हुने भएको छ । बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको कलेजले आफ्ना तीन सय बढी बिद्यार्थीको निम्ति उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बिजनेस आइडिया च्यालेन्जमा उत्कृष्ट हुने बिद्यार्थी समुहलाई कलेजले लगानी तथा व्यस्थापनमा समेत साथ दिन लागेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । बिद्यार्थीलाइ बिभिन्न चरणमा प्रस्तुति गर्न लगाएर उत्कृस्ट आइडियालाई पुरस्कृत गरिने दाहालले बताए ।
बिगतमा बिद्यार्थीहरुले पनि बिभिन्न क्षेत्रमा उद्यमशीलता देखाएर स्टार्ट अपहरु संचालनमा ल्याएका छन् । त्यहिँ कुरालाई साथ दिन कलेजले लगानी समेत गर्न लागेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए । कलेजको पढाई बेलायती पद्धतिको भएकाले बिद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरित गर्ने किसिमको भएको हुदा हरेक बर्ष यस्ता कार्यक्रम ल्याएर बिद्यार्थीको लागि उद्यमी बन्ने अवसर दिन कार्यक्रम गरिएको प्रमुख कार्यकारी वाग्लेको भनाई छ । मेरिल्याण्डले बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको छ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित मेरिल्याण्ड कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल गु्रपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर , हेराल्ड कलेज काठमाडौँ, इस्लिंग्टन कलेज काठमाडौँ, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्