विराटनगर । विराटनगरको हाटखोलामा रहेको पुलमा परेको प्वाल मंगलवारबाट टाल्न सुरु भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको सिँघिया खोलाको पुलमा ठुलो प्वाल परेपछि त्यसमा प्रदेश सरकारले चासो देखाएको हो । ओबीले हाटखोलामा रहेको विराटनगर–कटहरी जोड्ने पुलमा प्वाल परेको बारेमा समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारमा धेरै पाठक वर्गले आवर विराटनगरले राम्रो समाचारको विषय वस्तु उठान गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।
त्यतिमात्र हैन प्वाल परेको पुलमा धेरै सवारी चालकले दुखेसो पोखेको भिडियो सहितको समाचार हेरेर प्रदेश सरकारले चासो देखाएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त खोलाको पुल तत्काल मर्मत गर्नको लागि सडक डिभिजन कार्यालयलाई सोमबार आग्रह गरेको थिए ।
निमित्त कार्यालय प्रमुख नितेश झालाई तत्काल प्वाल टालेर आवागमनलाई सहज बनाउन आग्रह गरेसँगै सडक डिभिजन कार्यालयले मंगलबारबाटै काम थालेको हो । लामो समयदेखी पुलमा परेको प्वालका कारण धेरै दुर्घटना बढेका कारण आजैबाट प्वालको मर्मत गर्न थालिएको सडक डिभिजन कार्यलय विराटनगरका सुपरभाईजर अखिलेश चौधरीले बताए ।
प्वाल परेको पुलमा डवल जाली र १६ एम एमको रड लगाएर एक हप्ता भित्र प्वाल टालिसक्ने चौधरीको भनाई छ । लामो समयदेखीको उक्त पुलमा आउजाउ गर्ने धेरै सावरी चालकहरुले दुख भोग्दै आएका थिए ।
पक्की पुलको बिच भागमा प्वाल परी नियमित आवागमनमा समस्या त परेको थियौ नै आज पुलको प्वाल तत्काल मर्मत सम्भार नगरेको भए भौतिक तथा मानवीय ठुलो दुर्घटना हुने पनि उतिकै मात्रामा सम्भावना थियो ।
https://www.facebook.com/ourbrt/videos/762909297445914/