विराटनगर । विराटनगर महानगर भित्र कालोपत्रे भएको छोाटो समयमा नै धुलोले भरिएपछि सरसफाई थालिएको छ । नयाँ कालोपत्रे सडकमा जमेको माटो र धुलो महानगरपालिकाले बिहिबारबाट अभियानको रुपमा थालेको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुली , प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी सहित महानगरका कर्मचारी सरसफाईमा निस्किएका हुन् ।
दमकलको प्रयोग गरेर महानगर भित्रका सडक धुलो रहित बनाउने अभियान अन्र्तगत तीनैपैनीबाट महानगर अगाडीसम्म पानीको फोहोराले धुलो र माटो पखालिएको मेयरका प्रेस संयोजक कौशल निरौलले जानकारी दिए । तीनैपैनीदेखी ट्राफिक चोकसम्मको सडकको सरसफाई समेत गरिएको उनले बताए ।