कोशी अस्पताल सुधारमा लागेका मेसु लोहनीको पाँच महिना मै सरुवा

कोशी अस्पताल सुधारमा लागेका मेसु लोहनीको पाँच महिना मै सरुवा

विराटनगर । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट (मेसु ) डाक्टर गुणराज लोहनीको सरुवा भएर आएको पाँच महिनामै सरुवा भएको छ । मेसु लोहनीलाई बिहीवार एक कार्यक्रम विच अस्पतालका कर्मचारीले विदाई गरे ।
मेसु लोहनी सरुवा भएर आएपछि अस्पतालमा केही सुधारको कामहरु शुरु भएको थियो । कोशी अञ्चलबाट लोहनीलाई स्वास्थ्य मन्त्रालयले काजमा तानेको हो । लोहनीले अस्पतालको ओपीडीमा सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लाइन हटाउन दुईवटा छुट्टै काउण्टर खोलेका थिए ।
चिकित्सकलाई नियमित उपस्थित गराई कार्यालय समय भरी अस्पतालमै बस्ने बाध्यकरी नियम बनाएका लोहनीले अस्पतालको सरसफाईमा पनि ध्यान दिएको कर्मचारीहरु बताउँछन् ।
प्रत्येक दिन उनी आफै अस्पताल सरसफाईका लागि झाडु लिएर निस्कन्थे । उनी आएपछि अस्पताल बाहिरी वातावरण पनि सुधारिएको छ । अस्पताल सुधारको काम गरिरहेका डा. लोहनीले सरकारबाट भएको निर्णयलाई स्वीकार गर्ने बताए ।
ओपिडी सेवा र ल्याब सेवालाई व्यवस्थित बनाएका लोहनीसँग अस्पतालकै केही चिकित्सक भने असन्तुष्ट थिए । सुधारका लागि काम गरेपनि नियोजित रुपमा सरुवा गरिएको अस्पताल स्रोतले जनाएको छ । लोहनीले अस्पताल भित्र हँसिलो सेवा सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्