विराटनगर विमानस्थलको मन्दिर क्षेत्र गाँजा खाने थलो, एयरपोर्ट प्रशासन मौन (भिडियो सहित)

विराटनगर विमानस्थलको मन्दिर क्षेत्र गाँजा खाने थलो, एयरपोर्ट प्रशासन मौन (भिडियो  सहित)

विराटनगर ।  दिउँसोको समय थियो । विमानस्थलको उत्तरमा रहेको मन्दिर आसपासमा केही भिड जस्तो देखिन्थ्यो । दुई जना एकले अर्कोसँग गाँजा मागेर खाँदै थिए । अनी त्यसको नजिकै हामी पनि पुग्यौँ । त्यस क्षेत्रमा केही समय अगाडी देखिनै गाँजा सेवनको थलो बनेको गुनासो आएपछि ओबीको टीम स्थलगत रिपोर्टिङमा बिमानस्थलको पार्किङको उत्तर पट्टीको क्षेत्रमा पुगेको थियो । हामीले स्थलगत रिर्पोटिङ गरिरहदाँ एक जना व्यक्तिसँग गाँजा पाइन्छ ? भनेर सोध्यौँ । ती ब्यक्तिले सहजै म दुईसय रुपैयाँमा किनेर ल्याईदिन्छु भन्दै पैसा मागे । हामीले ती व्यक्तिलाई पहिले सामान ल्याईदिनु अनि पैसा दिन्छु भनेपछि उनी तारले घेरिएको पर्खाल हुँदै गाँजा लिन गए ।

उनी त्यही छेउको बस्तीमा गाँजा बनाउँदै गरेको स्थानमा पुगेर गाजा ल्याउने गरेका रहेछन् । एयरर्पोट भित्र बस्ने अधिकांश सवारीचालकहरु त्यही पर्खालको बाटो प्रयोग गर्दै खाजा पानीको लागि आवत जावत गर्ने हैन गाँजा ल्याउने ठाउँमा पनि यही बनेको प्रत्यक्षदर्शी बताउँछन् । विराटनगर विमानस्थल भनेको सवेदनशिल स्थल हो ।

विमानस्थल भित्र कुनै पनि अप्रिय घटना नघटोस भनेर चारै तर्फ सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ । मुख्य बिमानस्थल क्षेत्रमा सुरक्षा ब्यवस्था भएपनि बाहिरी क्षेत्रमा भने खुलेआम गाँजा प्रयोग गरेको पाईएको हो । विराटनगर विमानस्थलको सवारी पार्किङ क्षेत्रको उत्तरमा गाँजा खानेदेखी गाँजाको किनबेच समेत हुने गरेको पाईएको हो ।

विराटनगर विमानस्थलको उत्तरी भागमा लगाईको फलामको तार निकालेर दिनदहाडै गाँजा खानेदेखी जुवा खेल्नेसम्म त्यहाँ पुग्ने गरेको स्थानीयको भनाई छ । केही समय अगाडी यसैगरि प्रहरीले गाँजा खाने केही ब्यक्तिलाई पक्राउ गरेको विमानस्थल प्रशासनले जनाएको छ । नेपाल नागरिक उड्डेयन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले त्यस बारेमा तत्काल सोधी खोजी गरी कार्वाहीको प्रक्रिया अघि बढाईने बताए ।

एक त सरकारले सार्वनिक स्थालमा सुर्ती सुर्तीजन्य पद्धार्थको बेचबिखन तथा ओसार पसार गर्न नपाईने कानुनी ब्यवस्था छ । तर विमानस्थल जस्तो ठाँउमा यसरी खुलेआम गाँजा खानेदेखी किनबचे हुनुले सुरक्षा संयन्त्रमा नै प्रश्न उब्जाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्