विराटनगरमा महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन हुदै

<span class='c1'>विराटनगरमा महिला उद्यम सम्बन्धी</span> <span class='c2'>अन्तरक्रियात्मक तालिम सञ्चालन हुदै</span>

एन्जु शिवाकोटी
विराटनगर । विराटनगरमा महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन हुने भएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मोरङ व्यापार संघ तालिम संयोजक मल्लिका रिजालले मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा पौष २८ गते एक दिवसीय महिला उद्यम सम्बन्धी कार्यक्रम हुन लागेको जानकारी दिईन् ।
व्यवसायिक क्षेत्रमा महिलाहरुको सक्रिय सहभागिता गराई व्यवसाय प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको उद्योग संगठन मोरङकी महिला संयोजक सन्तोष जैनले बताइन् । महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिममा मोरङ र सुनसरीका महिला उद्यमीहरुले सहभागीता रहने जैनले बताइन ।
अन्तरक्रिया कार्यक्रम अन्तर्गत महिला उद्यमीहरुलाई व्यवसाय सञ्चालन गर्ने प्रारम्भिक प्रक्रियाहरु, सञ्चालन गर्दा देखा पर्ने व्यवसायिक जटिलता र त्यसको निराकरणका उपायहरु लगाएतका विषयमा जानकारी गराइने मल्लिकाको भनाई छ ।
महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा उत्कृष्ट महिलालाई वुमन आन्त्रप्रनर अवार्ड २०२० ले राष्ट्रपतिद्धारा सम्मानित गर्ने योजना रहेको जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्