प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान : सुर्तीजन्य पद्धार्थ र पत्रुखाना प्रतिबन्ध

प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान : सुर्तीजन्य पद्धार्थ र पत्रुखाना प्रतिबन्ध

विराटनगर, २५ पुस । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान तिब्र पारिएको छ । स्वास्थ्य जीवन प्रवद्र्धन अभियान अन्तरगत बिर्तामोड र पथरीमा सरसफाई अभियान संचालनसँगै एक हप्ते योग शिविर समेत संचालन भएको थियो । यो बर्ष यसलाई थप प्रभावकारी बनाउनको लागि समित बनाएर काम शुरु भएको हो ।

मन्त्रालयले अभियानलाई सफल बनाउनको लागि स्वास्थ्य जीवन प्रबद्र्धन अभियान परिचालन समिति बनाएर काम शुरु गरेको छ । परिचालन समितिको संयोजकमा निर्मल बराल रहेका छन् । योग र चिकित्सको क्षेत्रमा अध्ययन र रुची राख्दै आएका उनलालई संयोजकको जिम्मेवारी दिईएको हो ।
त्यस्तै सदस्यहरुमा हरिबाबु दाहाल, रेवत बहादुर कार्की, बालिका खड्का दाहाल, रुपेश खतिवडा, पारुल क्षेत्री र सदस्य सचिवमा मन्त्रालयको स्वास्थ्य महाशाखा प्रुमखलाई राखिएको छ ।
समितिको बैठक बसेर काम समेत शुरु भई सकेको मन्त्रालयले जनाएको छ । पुस मसान्त भित्रमा स्वास्थ्य जीवन प्रवद्र्धन जिल्ला समिति १४ वटै जिल्लामा गठन गरिसक्ने गरी तयारी थालेको छ ।

त्यस्तै माघ महिना भित्रमा जिल्ला स्तरमा अभियानको अभिमुखीकरण कार्यक्रम गर्ने तयारी रहेको परिचालन समितिका संयोजक निर्मलले बताए । माघ महिना भित्रमा स्थानीय तह स्तरीय कार्यान्वयन समिति बनाउने र फागुन महिला भित्रमा स्थानीय तह स्तरका स्वास्थ्य जीवन प्रवद्र्धन अभियान संचालन गरिने तयारी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय स्तरमा गाउँ, टोल, बिद्यालय स्तरमा स्वास्थ्य जीवन परामर्श कक्ष स्थापना, सचेतना अभियान संचालन, बिएमआई, ब्लड सुगर परिक्षण गर्ने, योग ध्यान, खानपान, आहार बिहारमा ध्यान दिने गरी गाउँ गाउँसम्म अभियान लग्ने तयारी छ ।
अभियान अन्तरगत सुर्ती जन्य पद्धार्थ र पत्रुखानाको प्रयोगमा रोक लगाउने लगायतका अभियान प्रदेश सरकारका स्थानीय स्तरसम्म पु¥याउने काम भएको प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सफल बनाउनको लागि स्वास्थ्य जीवन कार्यक्रम निर्देशिका २०७५ बमोजिम मन्त्री जीवन घिमिरेको संयोजकत्वमा एक निर्देशक समिति रहने ब्यवस्था गरिएको छ । निर्देशक समितिको सदस्यलाई परिचालन समितिको संयोजक बनाएर अभियानलाई अघि बढाईएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्