क्यान्सरबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थी सहयोग संकलनमा

क्यान्सरबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थी सहयोग संकलनमा

विराटनगर । क्यान्सर रोगबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीले अभियान शूरु गरेका छन् । कलेजमा सँगै पढ्ने साथीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् ।
राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लाड क्यान्सर भएपछि उनका साथिहरु सहयोगमा लागे । उनी विराटनगरमा रहेको महेन्द्र आर्दश बहुमुखी क्याम्पसमा विएस्सी वायोलोजी तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको अहिले भक्तपुरमा रहेको क्यान्सर हस्पिटलमा विगत ५ महिनादेखि उपचार हुँदै आएको छ ।
एपचारको लागि पहिलो चरणमा ५ लाख खर्च लाग्ने भएका कारण उनका साथीहरुले विराटनगरमा उपचारमा लाग्ने खर्च जुटाउन थालेका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण कलेजमा पढ्ने उनका साथीहरुले विराटनगरमा शुक्रबार भेला भएर बजारका विभिन्न व्यापारी तथा स्थानियबाट स्वइच्छाले आर्थिक रकम जुटाएका हुन् ।
उनीहरुले महेन्द्र चोकमा भेला भई बजारका बिभिन्न ठाउँमा पुगेर आर्थिक सहयोग गर्न आग्रह गरे । साथीको उपचार गराउन शुक्रबार मात्र ५० हजार आर्थिक सहयोग संकलन भएको आर्थिक सहयोग जटाउन लागिपरेका देवका साथी पेरिस सुवेदीले जानकारी दिए । बिद्यार्थीले शनिबार विराटनगरको रानी क्षेत्र आर्थिक संकलन गर्ने योजना रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्