दुई बर्ष कैद हुने अदालतको फैसला पछि १३ बर्षदेखि फरार चालक पक्राउ

दुई बर्ष कैद हुने अदालतको फैसला पछि १३ बर्षदेखि फरार चालक पक्राउ

विराटनगर । दुई वर्ष कैद सजायको फैसला सुनाइएका एक व्यक्ति मोरङको कानेपोखरीबाट शुक्रबार पक्राउ परेका छन् ।
सवारी ज्यान मुद्दामा अदालतद्धारा दोषी ठहर भई फरार सुचिमा रहेका कानेपोखरी गाउँपालिका–४ का ३८ वर्षीय भोलाबहादुर धिमाललाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो । पथरीका डीएसपी दिलिप गिरीले अदालतले दोषी ठहर गरे पनि फरार रहेका धिमाललाई कानेपोखरी चोकबाट पक्राउ गरिएको बताए ।
धिमाल विरुद्ध जिल्ला अदालत चितवनले सवारी ज्यान मुद्दामा २०६३ साल कात्तिक २६ गते दुई वर्ष कैदको फैसला सुनाएको थियो । घटनाअनुसार काठमाडौंबाट झापाको काँकडभिट्टा आउँदै गरेको उनले चलाएको बा १ ज ८९९४ नम्बरको माइक्रो बस र सडकमा गुडिरहेको ट्रक चितवनको भण्डारामा ठोक्किको थियो ।
अनियन्त्रित भएर विपरित दिशामा पुगेको माइक्रोले ट्रकलाई ठक्कर दिँदा २०६२ साल भदौ २५ गते माइक्रोमा सवार दुई जनाको मृत्यु भएको थियो । घटनापछि माइक्रो चालक फरार बनेका थिए । धिमाललाई प्रहरीले शुक्रबार नै जिल्ला अदालत मोरङमा पेस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्