विराटनगरको जुत्ता चप्पल व्यापार मेला अब चार दिन चल्ने

विराटनगरको जुत्ता चप्पल व्यापार मेला अब चार दिन चल्ने

विराटनगर । नेपाली जुत्ता चप्पल घरको आयोजनामा पुस १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिनसम्म मात्र संचालन हुने भएको छ ।
स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी मेला आगामी पुस २९ गतेसम्म मात्र जारी रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार विराट जुत्ताचप्पल मेलामा हालसम्म १ करोड ५० लाख भन्दा बढीकोे कारोबार भएको छ । दैनिक ८ लाखदेखि १० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको र मेलामा दैनिक करीब ५ हजारसम्म ग्राहक आउने गरेको मेला संयोजक होमनाथ उपाध्ययले जानकारी दिए ।
मेलामा शिखर सुज, बिएफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपरका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल मेलामा राखिएका छन् । विभिन्न ब्राण्डका जुत्ताचप्पलहरुमा ग्राहकलाई १५ देखी ६० प्रतिशतसम्म छुट दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्