विराटनगरको होलिल्याण्डमा दुईदिने स्पोर्ट मिट

विराटनगरको होलिल्याण्डमा दुईदिने स्पोर्ट मिट

विराटनगर । विराटनगरस्थित होलील्याण्ड बोर्डिङ स्कुलले दुईदिने स्पोर्ट मिट सम्पन्न गरेको छ ।
स्पोर्ट मिटमा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमअन्तर्गत क्रिकेट, १ सय मिटर दौड, कबड्डी, चक्लेट रेस, म्याच रेस, बेलुन ब्लाष्ट, म्युजिकल चियर, हट पोटेटो, कक फाइटिङलगायतका खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
हिजो र आज भएको प्रतियोगिताका विजेता विद्यार्थीलाई कवि एवं पत्रकार मीनकुमार नवोदित, विद्यालयका अध्यक्ष डा. टुनराज भट्टराई र प्राचार्य उज्वल गौतमले मेडल र पुरस्कार प्रदान गने ।
यस्तै सो अवसरमा गत वर्षको कक्षागत परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई समेत पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयले विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि अध्ययनसँगै समय–समयमा कविता, वक्तृत्वकला, वादविवादलगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्