मोरङका नवनिर्वाचित औषधी व्यवसायीद्धारा पदभार ग्रहण

मोरङका नवनिर्वाचित औषधी व्यवसायीद्धारा पदभार ग्रहण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीहरूले शनिवार पदभार ग्रहण गरेका छन् ।
विराटनगर–१० स्थित औषधी व्यवसायी संघ कोशी शाखाको भवनमा शाखाले आयोजना गरेको पदभार ग्रहण समारोहमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
गत मंसिर २० गते भएको संघको निर्वाचनबाट निर्वाचित अध्यक्ष लक्ष्मी तिम्सिनालाई निर्वाचन समितिका संयोजक अधिवक्ता सुरेशलाल श्रेष्ठले सपथ ग्रहण गराए । अध्यक्ष तिम्सिनाले सपथ ग्रहण लिएपछि उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु उपाध्यक्ष देशबन्धु ढकाल, महासचिब दिनेश ठाकुर, सचिब हरिराज रेग्मी, कोषाध्यक्ष विजयकुमार राजवंशी र सह–कोषाध्यक्ष पुष्पराज पोखरेललाई सपथ ग्रहण गराएका थिए ।
त्यस्तै अध्यक्ष तिम्सिनाले नवनिर्वाचित सदस्यहरु अनिल चौधरी(शर्मा), सरिता चौधरी र प्रकाश धिमाललाई समेत सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि निर्वाचन समितिका संयोजक अधिवक्ता श्रेष्ठ, कोशी शाखाका अध्यक्ष कुमार खतिवडा, महासचिव हरिमोहन श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराएका थिए । साथै सोहि समारोहमा निर्वाचन समितिका संयोजक अधिवक्ता श्रेष्ठले माइन्यूट खाता नवनिर्वाचित महासचिव दिनेश ठाकुरलाई हस्तान्तरण गरेका थिए ।
उक्त पदभार ग्रहण समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष तिम्सिनाले औषधी व्यवसाय क्षेत्रमा देखा परेका विकृति र विसंगतीहरुको अत्य गर्दै मर्यादित र सम्मानित व्यवसाय बनाउन आफु र सिंगै कार्यसमिति लाग्ने बताए । उनले नवनिर्वाचित आफ्नो कार्यसमिति औषधी व्यवसायीहरूको हकहित र क्षमता अभिवृद्धि गर्न सदैव लाग्ने समेत प्रतिबद्धता जनाए । अध्यक्ष तिम्सिनाले अग्रजहरुको सल्लाह, सुझाव र सबै व्यवसायीको साथ, सहयोग लिंदै औषधि व्यवसायीहरूलाई एक ढिका बनाउन क्रियाशिल रहने बताए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी महासंघका केन्द्रीय सदस्य शर्मिला शाक्य, औषधी व्यवसायी संघ झापा जिल्लाका अध्यक्ष गौतम गुप्ता, पाँचथर–ताप्लेजुङ जिल्ला शाखाका अध्यक्ष सुन्दरमोहन शाक्य, कोशी अंञ्चल शाखाका पूर्व अध्यक्ष सुवर्णभक्त जोशी, औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख दिपेन्द्र खड्का लगायतले नवनिर्वाचित मोरङ जिल्ला कार्यसमितिको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संघको निर्वाचनमा तिम्सिना समूहले कोषाध्यक्ष र एक जना सदस्य वाहेक सबै पदमा विजय हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्