छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । १ नम्बर प्रदेश अन्तर्गतका छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका(७ ईटाभट्टा चोक छेउमा पश्चिम बाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भयो ।
दुर्घटनामा मोटरसाईकल चालक बाराको काँकडी ७ बस्ने बर्ष ४० का रामप्रसाद यादबको घटनास्थल मै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रक चालक भारतको मधुबनीका नरेश कुमार यादबलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
यसैगरी पूर्व पस्चिम राजमार्ग अन्तरगत झापाको दमक नगरपालिका ४ कृष्णमन्दिर अगाडीसाढे ६ बजेको समयमा पूर्वबाट पस्चिम तर्फ जादै गरेको मे १ क ६४९ नम्बरको टिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । स्थानीय बर्ष ६९ की तुलसा गौतमलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर, टिपर चालक मोरङको मिक्लाजुङ गाउँपालिका ९ का कृष्ण बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिक ८ भेडेटार स्थित बुधबारे सडक खण्डमा टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । ना.७ ख. ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटाबाट छ नम्बर बुधबारे जादै गर्दा ट्रनिङ मोर्डने क्रममा टेलर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बर्ष ३५ को सहचालक राजकुमार राईलाई सोही टेलरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्