विराटनगरमा नोना कोइराला प्रतिष्ठानद्वारा विद्यार्थीलाई २ सय थान न्यानो कपडा

विराटनगरमा नोना कोइराला प्रतिष्ठानद्वारा विद्यार्थीलाई २ सय थान न्यानो कपडा

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरको शिक्षा सदन माविका दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
प्रतिष्ठानले विद्यालय परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी कक्षा ५ सम्मका दुई सयजना विद्यार्थीलाई स्वेटर, टोपी सहितका न्यानो कपडा वितरण गरेको हो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरे । भने,‘‘प्रतिष्ठानले धेरै ठूलो नभएपनि विद्यार्थीका लागि सानो सहयोग गरेको हो ।’’ कोइरालाले जाडोको समयमा विपन्न परिवारका नानीहरुलाई विद्यालय आउन नै कठिन हुने महसुस गरी सहयोग गरिएको बताए ।
कार्यक्रममा प्रदेश १ का कांग्रेस प्रमुख सचेतक केदार कार्की, कांग्रेस क्षेत्रीय सभापति जितेन्द्र गोल्छालगायत नेता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्