नेपाल –भारत सिमा क्षेत्र रानीमा पृथ्वी नारायाण शाहलाई सम्झदा

नेपाल –भारत सिमा क्षेत्र रानीमा पृथ्वी नारायाण शाहलाई सम्झदा

विराटनगर । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्म जययन्ती तथा एकता दिवसको अबसर पारेर विराटनगरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रवादी यूवा समूह बिराटनगरले पृथ्वीनारायण नारायण शाहको २९८ औ जन्म जयन्तीको अवसरमा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरी सम्झिएका छन् ।
विराटनगरको रानी भन्सारको २ नम्वर ढाट नजिकै आयोजित कार्यक्रममा पृथ्वी नारायाण शाहको ऐतिहाँसिक दिव्य उपदेशको चर्चा गरिएको थियो । राष्ट्रवादी यूवा समूहका अध्यक्ष मोहम्मद मुस्लिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए ।
राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु पालना नगर्दा राष्ट्रियता र राष्ट्रिय एकता समेत खतरामा परेको बताए । राष्ट्रिय एकता दिवस राज्यस्तरवाटै मनाउन नेपाली पाठ्यक्रममा उनका उपदेश समावेश गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य श्याम कार्की, राप्रपा संयुक्तका केन्द्रिय सदस्य विश्वमोहन थापा, विश्लेषक स्वयम्भुनाथ कार्की र जोगबनीका यूवा नेता रूस्तम खानकों समेत उपस्थिति रहेको थियो । राप्रपा बिद्यार्थी संगठनका केन्द्रीय उप महासचिव सुरेश मिश्र लगायत विभिन्न राष्ट्रवादी संगठनका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
सहभागीहरुले पृथ्वीनारायण शाहलाई राज्यले बेवास्ता गरेको भन्दै सरकारसँग दुखेसो समेत पोखे ।
वि.सं. १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाईसे र चौविसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । पृथ्वी जयन्तीमा यसअघि सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएको भन्दै पुनः बिदा दिई देशभर एकता दिवस मनाउनु पर्ने माग उठ्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्