खाडी मुलुकबाट सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ब्रियानी हाउस

खाडी मुलुकबाट सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ब्रियानी हाउस

विराटनगर । खाडी मुलुकमा लामो समय सम्म सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ‘द रोयल बिरयानी हाउस’ संचालनमा ल्याएका छन् ।

विराटनगर ९ ट्राफिक चौकदेखि दक्षिणमा ‘द रोयल बिरयानी हाउस’ सोमबारबाट संचालनमा ल्याएका हुन् । विराटनगरका ४ जना युवाले करिब १५ लाख लागतमा ल्याएको रोयल ब्रियानी हाउसको वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ प्रकास भगत रिवन काटेर उद्घाटन गरेका थिए ।

हुन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाले उक्त बिरयानी हाउस खोलिएको संचालक पप्पु अन्सारीले जानकारी दिए ।
खाडी मुलुक साउदीबाट ब्रियानी बनाउने कम्पनीमा काम गरेर फर्किएपछि आमिर लिम्बु, कमाल श्रेष्ठ, यासीर घिमिरे र पप्पु अन्सारीको टिमले ब्रियानी हाउस संचालन ल्याएका छन् । यस अघि उनीहरूले सोही स्थान छेउमा ब्रियानी हाउस संचालनमा ल्याएका थिए ।
ग्राहकको माग र भिड बढेपछि शाखाको रुपमा ब्रियानी हाउस खोलिएको संचालन अन्सारीले बताए । ‘विदेशबाट बिरयानी बनाउने कम्पनीमा काम गरेका पोख्त युवाहरूको टिम बनाएर खोलिएको हो,’ संचालन अन्सारीले भने, ‘स्वदेशमै व्यवसाय संचालन गरिने उद्देश्यका साथ हामीले बिरयानी हाउस खोलिएको हो ।’
संचालनमा आएको हाउसमा विभिन्न प्रकारका बिरयानीहरू पाउने गरेको छ । चिकेन, मटन, भेज, फिस र कोप्ता ब्रियानी पाउने गरेको छ । ७० देखि २ सय रुपैयाँसम्मको बिरयानी यस हाउसमा पाउने गरेको छ । एकै पटकमा ५० जनालाई खुवाउन सकिने गरि ब्रियानी हाउस खोलिएको उनले बताए । यस अघि खोलिएको ब्रियानी हाउसमा दैनिक ४ सय जना ग्राहक आउने गरेको । यसका साथै यसपटक ल्याएको शाखामा भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने हिसाबले भिजिट नेपालका पुस्तकहरु समेत अध्ययन गर्दै ब्रियानीको मज्जा लिन सकिने अन्सारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्