विराटनगरको विद्यामार्गको मुनाफा १९ लाख ८६ हजार, मेयरले भने ‘विकास निमार्णमा लगानी गर’

<span class='c1'>विराटनगरको विद्यामार्गको मुनाफा १९ लाख ८६ हजार,</span> <span class='c2'>मेयरले भने ‘विकास निमार्णमा लगानी गर’</span>

विराटनगर । विराटनगर २ मा अवस्थित विद्यामार्ग टोलसंगठनले १९ लाख ६ हजार ९ सय ७ रुपैया मुनाफा कमाएको छ ।
विराटनगर २ स्थित आफ्नै कार्यलयमा भएको १९ औ बर्र्षिक साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा सो रकम मुनाफा गरेको उल्लेख गरिएको छ ।
२०५७ सालमा १ लाख ६५ हजार रुपैयाको अधिकृत पुजिबाट कारोबार सुरु गरेको संस्थाले हाल ६४ लाख रुपैया ऋण लगानी गरेको जनाएको छ । संस्थाको कुल पुँजी ९४ लाख रुपैयाँको कारोबार गरेको संस्थाका अध्यक्ष सुभाष कामतले बताए । महानगरमा संख्यात्मक रुपमा सबैभन्दा ठुलो रकमको कारोबार गर्ने यही संस्था भएको उनको दाबी छ । साधरण सभामा विराटनगरका मेयर भीम पराजुलीले मुनाफा भएको रकम सामाजिक र विकास निमार्ण लगानी गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्