विराटनगरको हिमालय रोडमा ‘विराट सडक महोत्सव’, एक लाख दर्शकले अवलोकन गर्ने

विराटनगरको हिमालय रोडमा ‘विराट सडक महोत्सव’,  एक लाख दर्शकले  अवलोकन गर्ने

विराटनगर । विराटनगरमा माघ १ गतेदेखि जारी ‘विराट सडक महोत्सव’ को तयारी अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ ।मन्जिना मूभिज क्रिएशनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव अन्तिम तयारीबारे जानकारी दिएको हो ।


विराटनगरको हिमालय रोडमा आगामी माघ १ देखि ४ गतेसम्म विराट सडक महोत्सव हुदैछ । सडक महोत्सवमा विराटनगरको ट्राफिकचौकदेखि महेन्द्र चौकसम्मको सडकमा महोत्सव लाग्ने भएको मन्जिना मुभिज क्रियसनका प्रबन्धक निर्देशक जतिन ताम्राकारले जानकारी दिए । दिउँसो ३ देखि साझ ८ बजेसम्म लगातार चार दिनसम्म सडक महोत्सव हुने उनले बताए ।

सडक महोत्सवमा स्वदेशी खाना र स्थानिय स्तरमा उत्पादनमा भएको बस्तुको साथै दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ । दैनिक स्थानिय र राष्ट्रिय स्तरका कालाकारहरुबाट सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान दिने आयोजकले जनाएको छ ।मोहत्सवमा नेवारी, थारु, मारवाडी, थकाली र अन्य विभिन्न परिकारहरुको स्टलहरु रहनेछ ।

महोत्सवमा ५० स्टलहरु हुनेछन् । ‘सरकाले मनाउँदै गरेको भ्रमण वर्षलाई निजी क्षेत्रबाट पनि सहयोग पु¥याउन हामीले सडक महोत्सव आयोजना गरिएको हो,’ मन्जिना मूभिजका निर्देशक ताम्राकारले भने, ‘सबै क्षेत्रबाट भ्रमण वर्षलाई सफल बनाउन हामीले पनि महोत्सव गर्न लागेका हौ ।’ महोत्सव स्थलमा प्रदेश १ का रमणिय पर्यटकी गन्तब्यहरूको फोटाहरु पनि रहनेछ ।

उनका अनुसार महोत्सवमा एक लाख दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने लक्ष्य राखेको बताए । एक करोड भन्दा बढीको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।

महोत्सवमा सुगम पोखरेल, अनिल सिंह, आलमोडा राना उप्रेती, प्रयत्न श्रेष्ठ, सिग्नेचर ब्याण्ड र स्थानिय कलाकारहरुको प्रस्तुती हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्