विराटनगरको बजारमा सवारी पार्किङ निषेध, बुधहाट–जलजला नो पार्किङ क्षेत्र (भिडियो)

विराटनगरको बजारमा सवारी पार्किङ निषेध, बुधहाट–जलजला नो पार्किङ क्षेत्र (भिडियो)

विराटनगर । विराटनगरमा दैनिकी हुने ट्राफिक जामको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले विराटनगर बजारका मुख्य सडकमा पार्किङ निषेध अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले भोली मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने तयारी गरेको जिल्ला ट्राफिक प्हरी कार्यालय बिराटनगरले जनाएको छ ।
विराटनगर महानगरपालिका, विराट व्यापार संघ, वडा नम्बर ९ वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुस १६ गते बसेको सयुक्त बैठकले सडकका दुवै साइडमा नो पार्किङ बनाउने तयारी गरेको हो ।

बैठकले नगर भित्रको ट्राफिक व्यवस्थापन अन्र्तगत विराटनगरको बुधहाट चोकमा रहेको पञ्चमुखी हनुमान मन्दिरदेखी जलजल चोकसम्म सडकका दुवै साईडमा नो पार्किङ जोन बनाउने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक राकेश पोद्धारले जानकारी दिनुभयो ।

यस अघि ट्राफिक चोक तीनपैनी सम्म एक तर्फि मात्र पार्किङ गर्ने व्यावस्था रहेको थियो । विराटनगरमा पछिल्लो समय बढ्दो सवारी चापका कारण बजार क्षेत्रमा दैनिक ट्राफिक जाम हुने गरेको छ । दैनिक हुने ट्राफिक जामका कारण आम सर्वसाधरण तथा सवारी साधनका चालकलाई हिड्न सहज होस भनेर दुईसय ५० मिटरसम्मको सडक खाली गराउन लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख राकेश कुमार पोदारले जानकारी दिनुभयो ।

सो क्षेत्रमा दैनिक २ सम्म मोटरसाईल राखिने हुँदा ट्राफिक जाम हुने गरेको पोद्दारको ठम्याई छ । बजार क्षेत्रका सवारीसाधनलाई वि प्लटको खाली मैदानमा राखिने तयारी रहेको ट्राफिक प्रमुख पोद्दारले बताउनु भयो ।
विराटनगरको मुख्य बजारमा बढी ट्राफिक जाम हुने गरेका कारण ट्राफिक प्रहरीले ल्याएको योजनाले ट्राफिक व्यवस्थापनमा मदत पुग्ने विराटनगर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ भगतले जानकारी दिनुभयो ।
ब्यापारीका दोधारे कुरा
विराटनगर महानगरपालिका र ट्राफिक प्रहरीले ल्याएको नयाँ नियमको बारेमा ब्यापारीले मिश्रीत प्रतिक्रिया दिएका छन् । कतिपयले यो नियमको स्वागत योग्य भनेका छन् भने केही ब्यापारीले व्यापारमा घाटा हुने भन्दै असहमती जनाएका छन् ।
विराटनगरको गुद्री बजारमा अझ बढी ट्राफिक जाम हुने गरेका कारण ट्राफिक प्रहरीले यो सडकमा पनि एकतर्फी सवारी चलाउन दिने नियम ल्याएको छ । पञ्चमुखी हनुमान मन्दिरदेखी गुद्री बजार हुदै भट्टिमोड चोकसम्मलाई एकतर्फी मात्र ठूला तथा साना सवारी चलाउन दिने भएको हो ।

बुधहाट चोकदेखी पस्चिम भट्टिमोडसम्म जान पाईने तर पस्चिम भट्टिमोडदेखी पुर्व जान नपाईने नियम लगाईएको ट्राफिक प्रमुख पोद्दारले बताउनुभयो ।

२६ हजार कार्वाही
जिल्ला ट्राफिक कार्यालय मोरङले चालु आर्थिक बर्ष २०७६÷७७ मा २६ हजार ४ सय ३ वटा सावारी साधनलाई कारबाही गरिएको जनाएको । जसबाट ५ महिनाको अवधीका एक करोड ५४ लाख ५७ हजार रावस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्