ट्राफिक प्रहरीले आजदेखी ल्याएको नयाँ नियमको विराटनगरका व्यापारीले पसल बन्द गरेर विरोध जनाए

<span class='c1'>ट्राफिक प्रहरीले आजदेखी ल्याएको नयाँ नियमको विराटनगरका</span> <span class='c2'>व्यापारीले  पसल बन्द गरेर विरोध जनाए</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् ।


विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त बैठकले सडकका दुवै साइडमा नो पार्किङ बनाउने निर्णय गरेको थियो ।


बैठकले नगर भित्रको ट्राफिक व्यावस्थापन अन्र्तगत विराटनगरको बुधहाट चोकमा रहेको पञ्चमुखी हनुमान मन्दिरदेखी जलजल चोकसम्म सडकका दुवै साईडमा नो पार्किङ जोन बनाउने निर्णय गरेको थियो । हाल ट्राफिक प्रहरीले बजारका सवारीसाधनलाई विराटनगरको वि प्लटमा पार्किङ व्यावस्था गरेको छ ।
तर आफूहरुको व्यापारको कारोबारमा समस्या हुने भन्दै विहानैदेखी विरोध जनाउदै आएका छन् । उनीहरुले आफुले संचालन गरेको व्यापार व्यावसाय समेत बन्द गरेर विरोध जनाउदै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश पोद्धार , वडा प्रहरी कार्यलयका डिएसपी वेदराज गौतम सहितको टोली फिल्डमा नै पुगेर सम्झाउने प्रयास गर्दा पनि व्यापारीहरुले नया लागु गरिएको नियम मानेन् ।

लामो समय सम्म सडक मै छलफल गर्दा निर्कष नआएपछि अहिले विराटनगर महानगरपालीकामा स्थानिय व्यापारीहरु , प्रहरी सहितो टोली बसेर छलफल भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्