भूकम्प प्रतिरोधी घर बनाउन विराटनगरका ३३ जना डकर्मीलाई तालिम

भूकम्प प्रतिरोधी घर बनाउन विराटनगरका ३३ जना डकर्मीलाई तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्रका ३३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम प्रदान गरेको छ । विराटनगर महानगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा ७ दिने डकर्मी तालिम प्रदान गरेको हो ।
महानगरद्धारा आयोजित डकर्मीहरुको तालिमको समापन गर्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले तालिम फलदायी भएको बिश्वास ब्यक्त गरे । उनले महानगर क्षेत्रमा भवन सहिंता अनुरुपका भवन बन्ने बताए । निर्माणमा सरोकार सम्वद्ध अन्य डकर्मीलाई पनि यसप्रकारको तालिमको प्रबन्ध मिलाउने पराजुलीले बताए । उनले निर्माणमा संलग्न सवै डकर्मीहरुलाई बिमा गर्न र सुरक्षित कसरी रहन सकिन्छ भन्ने बारेमा समेत ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा उपमेयर इन्दिरा कार्कीले तालिमले भुकम्प प्रतिरोधात्मक सुरक्षित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आबश्यक रहेको औल्याइन ।  तालिममा सहभागी डकर्मीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । इन्जिनियर अर्जुन थापा, आर्किटेक प्रविना पोखरेल लगायतले कार्यक्रमको समन्वय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्