विकासमा स्थानीयको असन्तुष्टी, सन्सारी माईस्थानको सडक किन बाङ्गो बनाएको ?

विकासमा स्थानीयको असन्तुष्टी, सन्सारी माईस्थानको सडक किन बाङ्गो बनाएको ?

विराटनगर । विराटनगर १० स्थित संसारी माईस्थानदेखी पुर्व जाने निर्माणधिन सडक तथा नाला नक्सा अनुसार नबनाएको स्थानीयले आरोप लगाएका छन् ।
विराटनगर महानगरपालिका अन्र्तगत एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको क्षेत्रिय शहरी विकास परीयोजना अन्र्तगत आशिष निर्माण कम्पनीले निर्माण गर्दै गरेको नालीको निर्माणको काम त्रुटीपुर्ण भएको स्थानीयको आरोप छ । करिब ढेड सय मिटर लामो सडकको नाला नक्सा अनुसार नभएको भन्दै स्थानियले असहमती जनाउदै आएका छन् । उनीहरुले नाला निर्माण बङ्ग्याएर बनाएको भन्दै सिधा बनाउन माग गरे । स्थानीय संजयबिक्रम अधिकारी ले तत्काल नाला सिधा पारेर बनाउन विराटनगर महानगरपालिमा निवेदन समेत दिईसकेको बताउनुभयो ।

विराटनगरको लर्डबुद्ध कलेजबाट पस्चिम र संसारीमाई स्थानदेखी पुर्वको निर्माणाधीन सडक र नालीको कोशी विद्या मन्दिर स्कुलको गेट र अर्किड कलेजको गेट अगाडि बङ्ग्याएको स्थानीय आरोप लगाउँछन् । बिद्यालयको पर्खाल संरक्षण गर्नको लागि समेत यसरी नाला बङ्ग्याएको उनीहरुको आरोप छ ।
यता विराटनगर वडा कार्यालय १० का जनप्रतिनिधी शुसिला ओझाले पनि बनाईएको नाला अनुगमन गर्दा बाङ्गिएको देखिएको बताउनुभयो । उहाँले विराटनगर महानगरपालिको मापदण्ड र नक्सा अनुसार काम गर्नुपर्ने बताउनुभयो । अशिष निर्माण कम्पनीबाट पेटी कन्ट्याकमा ठेक्का पाएका हसिव अन्सारीले नाला बनाउने काम गरिरहेका छन् । ईन्जनियरले भने अनुसार आफुहरुले काम गरेका अन्सारीको भनाई छ ।
क्षेत्रिय शहरी परियोजनाका व्यावस्थापक भरत न्यौपानेले पुरानो नक्सा अनुसार नै नाला बनाइएको बताउनुभयो । साविकको सडक एजिङको हिसाव अनुसार काम गरेको न्यौपानेको दाबी छ ।

https://youtu.be/cDRSJWjTgWQ?t=10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्