विराटनगरका धेरै ठाउँ नो पार्किङ क्षेत्र, कहाँ कहाँ पार्किङ गर्न पाईँदैन (भिडियो अन्तरवार्ता)

विराटनगरका धेरै ठाउँ नो पार्किङ क्षेत्र, कहाँ कहाँ पार्किङ गर्न पाईँदैन (भिडियो अन्तरवार्ता)

विराटनगर । विराटनगर महानगरपालिकाको पुस १६ गतेको निर्णय अनुसार बिराटनगरका धेरै ठाउँलाई वान वे र पार्किङ निषेधित क्षेत्र बनाएको छ । बिराटनगर महानगरपालिकाकाले नगरको मुख्य बजारको ट्राफिक व्यवस्थापन गर्न सरोकार वाला निकायहरुको उपस्थितिमा निर्णय गरे अहिले पुस २९ गतेदेखि लागु हुने गरी धेरै ठाउँलाई पार्किङ निषेधित क्षेत्र बनाईएको हो ।  निर्णयको बारेमा जानकारी दिनको लागि ७ दिन सम्म सुचना प्रचार प्रसार गरिएपछि अहिले कार्यान्वायनको काम भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए ।

मंगलवारदेखि लागु भएको उक्त निर्णय अनुसार मुख्य बजारको हनुमान मन्दिर देखि जलजला चोकसम्म सडकलाई पार्किङ निषेध गरिएको छ । यस क्षेत्रमा हुने पार्किङलाई महानगरपालिकाको बि प्लटमाको पार्किङको लागि ब्यवस्थापन गरिएको पोदारले बताए ।
भट्टीमोड चोकदेखि गुद्री (सब्जि मन्डी) जाने बाटोमा सम्पुर्ण सवारी साधन प्रवेष निषेध गरी वान वे लागु गरिएको छ ।
ट्राफिक नियम अनुसार संंसारका कुनै पनि ठाउँका सडकमा पार्किङ गर्न नपाईने हुँदा यो कार्यान्वयन आबस्यक रहेको स्थानीय तह बिराटनगर महानगरपालिकाको छ । तर केही स्थानिय व्यापारीले निजी स्वार्थको लागि सडकमा पार्किङ गर्नदिनु पर्ने माग राख्द आएका छन् । यसको कार्यन्वयन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिभिन्न ठाउँमा बोर्डहरु राख्ने र सचेतना जगाउने काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्