मादक पदार्थ सेवन गरी दुई समुह विच कुटाकुट, घाईते मध्ये २ जना आईसियूमा भर्ना

मादक पदार्थ सेवन गरी दुई समुह विच कुटाकुट,  घाईते मध्ये २  जना आईसियूमा भर्ना

विराटनगर । मोरङको धनपालनथान गाउँपालिका–४ हरकपुरमा मादक पदार्थ सेवन गर्दै दुई समूहबीच भएको झगडामा ३ जना घाईते भएका छन् । शनिबार राती कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा स्थानिय हरिओम महतो र धनीराम मुखिया बीच विवाद सुरु भएको थियो ।
घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेको अहिले न्यूरो अस्पतालको आईसियूमा उपचार भईरहेको छ ।
झगडामा स्थानीय ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह र ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह बीच कुटाकुट भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

घटनामा विसुनदेव, बलराम र किसुन घाइते छन् । उनीहरु मध्ये चिन्ता जनक अवस्थाका विसुनदेव र बलरामको न्युरो अस्पतालमा उपचार भइरहेको छ । किसुनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार होटलबाट निस्किएर घरतर्फ जाँदै गर्दा उनीहरुले फोन गरेर आ–आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई समुह विच बाँस र ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।
प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको पनि शरीरका विभिन्न भागमा चोटहरु रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्