प्रदेश १ का यी राज्यमन्त्रीले खाए सपथ

प्रदेश १ का यी राज्यमन्त्रीले खाए सपथ

विराटनगर । प्रदेश १ मा मन्त्री मण्डल बिस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ४ जनालाई राज्यमन्त्रीमा नियूक्त गरेका हुन् । यसरी मन्त्रीहुनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, भौतिक पुर्बाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विस्वास र भुमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर छन् । नव नियुक्त राज्यमन्त्रीहरुलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सपथ ग्रहण गराए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रदेशका सचिव र नेताहरुको उपस्थिती रहेको थियो ।
२०७४ फागुन २ गते प्रदेश नं १ को पहिलो मन्त्र मण्डल गठन भएको थियो । मुख्यमन्त्री शेरधन राई सहित, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिम मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत लगायतका मन्त्रीहरु पहिलो पटक प्रदेश सरकारमा आएका हुन् ।
त्यसयता बिभिन्न समयमा मन्त्री परिषद् बिस्तार गर्ने तथा मन्त्रीहरु थप्ने बताउँदै आएका मुख्यमन्त्रीले २३ महिना पछि मन्त्री मण्डल विस्तार गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशत बढी नहुने गरी प्रदेश मन्त्री परिषद् गठन गर्ने व्यवस्था छ । प्रदेश १ मा पूर्व एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको स्पष्ट दुईतिहाइ छ ।
प्रदेशसभामा नेकपाका ६७, कांग्रेसबाट २१,समाजवादी पार्टीबाट ३, राप्रपा १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन् । यस आधारमा नेकपाले कुल सदस्य संख्याको २० प्रतिशतले हुन आउने १८ जनासम्म मन्त्री बनाउन पाउँछ । तर संघीयता खर्चिलो व्यवस्थाका रूपमा अघि बढ्न सक्ने भन्दै त्यसका लागि पूर्वसहमति स्वरूप संघीय सरकारको समेत नीतिगत सुझाव आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्