विराटनगरमा ‘हिसान स्पोर्टस मिट महोत्सव ’ हुदै , २ हजार खेलाडीले सहभागिता जनाउने

<span class='c1'>विराटनगरमा ‘हिसान स्पोर्टस मिट महोत्सव ’ हुदै</span> <span class='c2'>, २ हजार खेलाडीले सहभागिता जनाउने</span>

विराटनगर । मोरङ जिल्ला स्तरीय खेल महोत्सव ‘ हिसान स्पोटर्स मिट २०७६’ विराटनगरमा हुने भएको छ । भोली माघ ६ गतेदेखी सुरु खेल महोत्सव १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।


विराटनगरको शहिद रङ्गशालामा हुने हिसान स्पोर्टस मिटमा २ हजार बढी खेलाडीले सहभागिता जनाउने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
खेल महोत्सवमा जिल्ला भरिका २८ विद्यालयका २ हजार विद्यार्थी खेलाडीहरुले क्रिकेट, फूटबल, भलिबल, टेबल टेनिस, एथलेटिक्स र बास्केटवल खेलमा सहभागीता जनाउने हिसान मोरङका अध्यक्ष राजेश कार्कीले पकार सम्मेलनमा जानकारी दिनुभयो ।
खेल महोत्सवका भलिबल र क्रिकेट डिग्री कलेज विराटनगर, बास्केटबल मेरिल्यान्ड कलेज, टेबल टेनिस कभर्ड हल र अन्य खेलहरु सहिदमैदान विराटनगरमा सम्पन्न जनाइएको छ । खेल महोत्सवका लागी ११ लाख खर्च हुने अनुमान गरिएको छ । साथै खेललाई भव्य र सव्य बनाउन ६ वटा समिति समेत गठन गरिएको छ । १२ दिन सम्म हुने खेलको समाचार प्रचारपसार गराउन विराटनगरका दुई खेलकुद पत्रकार समेत छनौट गरीएको जसमा चुमन बस्नेत र पुष्पराज थपलिया रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्