विराटनगरका लेखा परीक्षक सिंघीया खोलामा डुबेको अवस्थामा फेला

विराटनगरका लेखा परीक्षक सिंघीया खोलामा डुबेको अवस्थामा फेला

विराटनगर । विराटनगरमा लामो समयदेखी लेखा परिक्षकको काम गर्दै आएका एक व्यक्ति खोलामा डुवेको अवस्थामा फेला परेका छन् ।
विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान सिंघीया खोलामा डुबेको अवस्थामा फेला परेको हो ।
सोमबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । खोलाको पानी भित्र डुबेको अवस्थामा शव भेटिएको उनको भनाइ छ ।
कपडा र जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।मृतक घिमिरेले विराटनगरमा आफ्नै प्रवल एण्ड एसोसिएट फार्म संचालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्