ओली र मोदीको भिडियो कन्फ्रेन्स, विराटनगरको आईसीपी स्थलमा भब्य कार्यक्रम

ओली र मोदीको भिडियो कन्फ्रेन्स, विराटनगरको आईसीपी स्थलमा भब्य कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेस मार्फत आईसीपी उद्घाटन गरेका हुन् ।
आइसिपीको हस्तान्तरण भिडीयो कन्फ्रेस मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तान्त्रण गरे । हस्तान्त्रण पछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे । प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट आईसीपीको उद्घाटन गर्दा आईसीपी निर्माण गरिएको स्थानमा डिसप्ले बोर्ड राखिएको थियो ।
दुवै देशका प्रधानमन्त्रीले आइसीपीको उद्घाटन गरिसकेपछि आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले अब नेपालतर्फ मालवस्तु लिएर आउने मालवाहक सवारी दुई–दुई हप्तासम्म सीमापारि बाटामा थन्कनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास ब्यक्त गरे ।
वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले भारतको सहयोगमा नाकालाई अपग्रेड गर्ने क्रम निरन्तर भइरहेको चर्चा गरे । नेपालस्थित भारतीय राजदूतावासका प्रथम अर्थ सचिव प्रभजितसिंह गुलाठीले आइसीपीमा पनि एकै ठाउँमा सबै सुविधाहरू रहेको धारणा प्रकट गरे । आईसीपीमा इमिग्रेसन, बैंकिङ, क्वारेन्टाइन, सुरक्षा र नापतौल लगायतका सबै सुविधा रहेको छ ।
आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका –१८ भेडियारीमा आईसीपी निर्माण गरिएको हो ।
आइसीपीको परामर्शदाता राइट्स कम्पनीका जनरल म्यानेजर बीएस रावलले भन्सार जाँचपास, इमिग्रेसन र सुरक्षा गरी तीन प्रकारका मुख्य काम आइसीपीबाट गरिने बताए । जीएम रावलले नेपालको आइसीपी परिसरभित्र ५ सय ट्रकहरू अट्ने र यहाँ एअर कन्डिसनर कार्गो पनि आउन सक्ने बताए ।
ओली र मोदीले उद्घाटन गरेपछिको भेडियारीमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश १ का सचिव सञ्जीव राई, नेपाल ईनटर मोडल यातायात विकास समितीका कार्यकारी निर्देशक एवम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव नवराज ढकाल, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारी, मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा लगायतले आईसीपीको निर्माणले आयात निर्यातमा सहजता हुने बताए । अहिले भईरहेको झण्झटलाई आईसीपी पुर्ण संचालनमा आएपछि सबैलाई सहज हुने विस्वास ब्यक्त गर ।
आईसीपीको निर्माण सँगै विराटनगरमा रहेको रानी भन्सार कार्यालय रहेको क्षेत्र भने साना सामाना ल्याउने ठाउँको रुपमा मात्र विकास हुनेछ । कार्यालय समेत सोही आईसीपी निर्माण स्थलमा नै संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्