विराटनगरको मुटुमा एक करोडको लगानीमा यस्तो बन्दैछ अत्याधुनिक हरियाली पार्क

विराटनगरको मुटुमा एक करोडको लगानीमा यस्तो बन्दैछ अत्याधुनिक हरियाली पार्क

विराटनगर । प्रदेश नम्बर एकको राजधानी विराटनगरलाई व्यवस्थित शहर बनाउन र चिनाउन अगाडी बढ्दै छ ।


महानगरको गुरुयोजना अन्र्तगत आवश्यक पूर्वाधार र विकासका निर्माण कार्य पनि जारी छ । विराटनगर प्रदेश राजधानी भएसंगै जनघनत्व बढ्दैछ । विराटनगरमा ठूला – ठूला सपिङ मल , होटल तथा अस्पतालहरु संचालनमा आईसकेका छन् ।
विराटनगरमा मानिसको चाप उतिकै मात्रमा बढ्दो छ । बजारमा कतै थकान लाग्यो भने विश्रामको लागी कुनै पार्कको सुविधा छैन । विराटनगरको बजारमा यस्तो किसिमको पार्कको खड्की रहेको अवस्थामा फाउन्टेन सहितको पार्क बन्न लागेको छ ।
यसै क्रममा विराटनगरको मुटुमा अत्याधुनिक सुविधा सम्पन्न हरियाली पार्कको निर्माण कार्य यति बेला जारी छ । स्थानिय उपभोत्ता समिति मार्फत आगामी आर्थिक बर्ष २०७६÷ ७७ भित्र सक्ने हिसाबले हरियाली पार्कको निर्माण कार्य यतिबेला जारी छ । विराटनगरको अति व्यस्त बजार वडा नम्बर ९ स्थित ‘बी’ प्लटको १ कठ्ठा १० धुर जमिनमा फाउन्टेन सहितको पार्क बन्दैछ । यसको थालनी गत मंसिरबाट नै सुरु भएको छ । अहिले पार्कको जग उठाउने काम भईसकेको छ ।

[caption id="attachment_104466" align="alignnone" width="2048"] विराटनगरको मुटुमा अत्याधुनिक सुविधा सम्पन्न हरियाली पार्कको निर्माण कार्य गरिदै
तस्वीर : प्रेम देवान /आवर विराटनगर[/caption]

पार्कभित्र अत्याधुनिक ढुङ्गाको मार्वल विच्छाउने , पार्कको विच भागमा रङ्गिविरङ्ग पानीको पोहोरा , बोटविरुवा सहित फुलबारी, कफि पिउने विश्रान्ती बनाउन लागिएको हरियाली पार्कको जिम्मा लिएका ईन्जिनियर राकेश ठाकुरले जानकारी दिए । त्यसैगरी पार्कभित्र फ्रि वाईफाई सहित बस्नको लागी वटा ७ वटा कटेज बनाउन लागिएको ठाकुरले बताए । आपतकालीन अवस्थामा बजार घुम्ने व्यक्ति तथा उपभोक्तालाई आराम गर्ने ठाउँ नभएको भन्दै विराटनगर महानगरले ‘ग्रिनरी पार्क’को अवधारणा ल्याएको थियो । मध्य बजारमा उपभोक्तालाई लक्षित गरेर आरामको व्यवस्था गर्न यस पार्कको निर्माण गरिएको विराटनगरका मेयर भीम पराजुलीले बताए । साथ साथै बाहिरबाट आउने आगन्तुहरुको लागी पनि घुम्न र बस्नका लागी मदत पुग्ने मेयर पराजुलीको भनाई छ । यस पार्क निमार्णसँगै विराटनगरलाई पनि चिनाउनको लागी एउटा पहिचान बन्ने पराजुलीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्