विराटनगरको मदरसा स्कुलमा आफ्नै २ छात्रामाथी शिक्षकले गरे यौन दुव्र्यवहार , आरोपित शिक्षक फरार..

विराटनगरको मदरसा स्कुलमा आफ्नै २ छात्रामाथी शिक्षकले गरे यौन दुव्र्यवहार  , आरोपित शिक्षक फरार..

विराटनगर । विराटनगर ८ असोक चोकमा रहेको एक धार्मिक विद्यालय मर्दसा स्कुलका एक प्रधानाध्यापक (मोलवी) ले आफ्नै २ छात्रालाई कार्यलयमा बोलाएर यौन दुव्र्यवहार गरेको छन् ।

विराटनगर ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मोलवी अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका दुई जना छात्रालाई यौन दुव्र्यवहारको आरोप लागेको हो । आरोपपछि प्रधानाध्यपक बिहीबार विहानैदेखी फरार छन् ।

मियाँले गत मंगलबार र बुधबार दुई छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएका छन् ।
दुवै बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।
उनलाई पक्राउ गर्न प्रहरी घरसम्म पुगे पनि फरार भएका कारण पक्राउ गर्न नसकिएको र खोजी तीव्र पारिएको डीएसपी थापाले बताए । जाहेरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

[caption id="attachment_104516" align="alignnone" width="2016"] जिल्ला प्रहरी कार्यालय मोरङमा अभिभावकसँग उजुरी दिन पुगेका दुई पिडित बालिका ।
तस्वीर / प्रेम देवान[/caption]

आफ्नै कार्यकक्षमा बोलाएर बालिकामाथि दुव्र्यवहार गरेको भन्दै २०६४ सालबाट मदरसामा कुरान पढाइरहेका मियाँ विरुद्ध कारबाही हुनु पर्ने माग राखेर स्थानीय बासिन्दा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा जम्मा भएका थिए ।

प्रहरीका अनुसार सोमबार मोलवी सबै विद्यार्थीलाई गृहकार्य दिएका थिए । गृहकार्य चेकजाँचका लागि मंगलबा उनले आफ्नो कार्यकक्षमा बोलाएर फरक–फरक दिन यौन दुव्र्यवहार गरेको बलात्कार प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी थापाको भनाइ छ । १३ वर्षीया बालिकाले प्रतिकार पनि गरेको खुलेको छ । घटना कसैलाई सुनाए बुबा–आमाको बद्नाम गर्ने धम्की दिएपछि बिहीबार बिहान बालिका मदरसा नगएको स्थानीयको भनाइ छ ।
सुरुमा १३ वर्षकी बालिकाका अभिभावकले जाहेरी दिएपछि १४ वर्षकी बालिकाका अभिभावकले पनि जाहेरी दिएका छन् । घटना बाहिर आए बद्नाम हुने डरले बसेकी बालिका साथीले जाहेरी दिएपछि आफूलाई पनि आँट आएको बताइन् ।

[caption id="attachment_104518" align="alignnone" width="2048"] विराटनगर–८ अशोक चोकमा रहेको ‘मदर्सा रजाए मुस्तफा आधारभूत विद्यालय
तस्वीर :प्रेम देवान[/caption]

दुई बालिका मध्ये एक जना कक्षा ५ र अर्को एक जना कक्षा ६ मा पढ्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्