विराटनगरमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

विराटनगरमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

विराटनगर । विराटनगर महानगरभित्र बसोबास गर्ने तामाङ समुदायले विराटनगरमा सोनाम ल्होछार पर्व मनाएका छन् ।


नेपाल तामाङ घेदुङ नगर कार्य समिति विराटनगरको आयोजनामा विराटनगर १० स्थित एक्वापार्वमा सोनाम ल्होछार पर्वको अवसरमा विविध तामाङ सास्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाएको हुन् । सोनाम ल्होछारको प्रवद्धन , हाम्रो सस्कृतिक एकताको नारा ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनितिक एकताको अभिभारा’ भन्ने मुल नाराका साथ विविध सास्कृतिक कार्यक्रम गरी मनाएका हुन् ।
कार्यक्रममा तामाङ समुदायका अगुवाहरुले ल्होछार पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरुले तामाङ समुदायले मनाउने सोनाम ल्होसार पर्वको अबसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको नगर समितिका अध्यक्ष रामजी तामाङले जानकारी दिनसभयो ।


कार्यक्रमको अवसरमा विभिन्न स्थानबाट भेला भएका तामाङ समुदायले आफ्नो संस्कृत झल्कने भेष भेषामा सजिएर तामाङ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्