विराटनगर ८ मा मानव सहयोगी हातहरुको न्यानो माया

विराटनगर ८ मा मानव सहयोगी हातहरुको न्यानो माया

विराटनगर । विराटनगरमा सामाजिक सेवामा काम गर्दै आएको मानव सहयोगी हातहरु नामक सस्थाले विपन्न तथा असाहाय परिवारलाई जाडोको बेला न्यानो माया प्रदान गरेको छ ।
विराटनगर ८ विश्वकर्मा चोकमा शनिबार एक कार्यक्रमको आयोजना गरी सस्थाले १ सय १८ जनालाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण अन्तरर्गत ४ चौथो चरणको कार्यक्रममा अति विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको सस्थाका सचिव ताजिम अंसारीले जानकारी दिए ।
कम्बल वितरण कार्यक्रममा सो क्षेत्रका सांसद अमन लाल मोदीको विशेष पहलमा जाडोको न्यानो कपडा वितरण गरिएको हो । उनले कम्बल वितरण गर्दै आफ्नो क्षेत्रका जनतालाई सधै सहयोग गर्दै जाने बताए ।
कम्बल वितरण कार्यक्रममा नेकपाका नेता बाबुराम कार्की , सस्थाको अध्यक्ष समुन कालिकोटे, सस्थाका पदाधिकारी बासु नेपाल, टेकेन क्षेत्री लगायत स्थानिय समाजसेवीको उपस्थित रहेको सचिव अंसारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्