विराटनगरका लेखा परीक्षक मृत्यु प्रकरण : हत्या की आत्महत्या !! (भिडियो)

विराटनगरका लेखा परीक्षक मृत्यु प्रकरण : हत्या की आत्महत्या !! (भिडियो)

विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको रहस्यमय मुत्यूको एक हप्ता बितिसकेको छ । विराटनगर २ बन्जरा चोकका ५० बर्षिय लेखापरीक्षक घिमिरे गत माघ ७ गते मंगलबार विहान सिघिया खोलामा मृत अवस्थामा भेटिएका थिए ।
विराटनगरका ठूला उद्यौगिक घराना तथा अन्य सामाजिक संघ सस्थाको ७ बर्षदेखी लेखा परीक्षकको काम गर्दै आएका प्रवल घिमिरेको मृत्युलाई विभिन्न कोणबाट हेर्न थालिएको छ ।

घटनालाई कसैले हत्या गरेको आशंका गरेका छन् भने कतिपयले अत्याधिक मादक पदार्थ सेवन गरेकाले मृत्यू भएको शंका गरेका छन् । प्रहरीले भने घटनालाई गम्भिरताका साथ नहेरेका भन्दै मृतकका आफन्त, लेखा परीक्षक व्यवसायी र वडा कार्यलयले निष्पक्ष छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र समेत बुझाए छन् ।

घटना भएको सात दिन वितिसक्दा पनि प्रहरीले खासै चासो नदिएको भन्दै सोमबार विराटनगर महानगरपलिका वडा कार्यालय २ का वडा अध्यक्ष, मृतकका आफन्त र विराटनगरका लेखापरीक्षकले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाए ।

घटनाको प्रकृती
माघ ६ गते सोमबार बेलुका घरमै बसेका प्रवल घिमिरेलाई शनिहाटका नन्दुकिशोर राठीले फोन गरेर आफ्नो कम्पनीमा बोलाउँछन् ।
मृतक घिमिरे मोटरसाईकल लिएर राठीले संचालन गरेको गार्मेन्टमा पुग्छन् । मोटरसाईकल त्यही गार्मेटमा राखेर नन्दु राठीको गाडीमा विराटनगरको आमाज बेकरी क्याफे र भाटभटेनीमा सामान खरिद गरेर विराटनगर १० मा रहेको मुन होटलमा पुग्छन् । उनीसँग विराटनगरका अन्य व्यवसायी अरुण राठी, अशोक अटल, विनय कर्ण र उर्लाबारीका अनिल चाण्डकसँग भेट हुन्छ । उनीहरुको करिब १० बजेसम्म त्यहाँ खानपिनसँगै रमाईलोपनि हुन्छ । पुनः त्यही टोली विराटनगर जेनियल छेउमा रहेको लोटस गित गजलमा जान्छन् ।

तर लोटसमा भने नन्दकिशोर बसेनन् । घरबाट फोन आएका कारण उनी फर्किए । केही समय बसेपछि अरुण र अटल पनि निस्कीए । बारमा प्रवल र अनिल मात्र थिए । बारम्बार फोन आएपछि प्रवल पनि अनिलको गाडीमा लिफ्ट मागेर निस्कन्छन् । तर उनी विराटनगर २ बञ्जरा चोक रहेको घरमा पुगेनन् । अनिलले वडा प्रहरी कार्यालय विराटनगरको र एनआइसी एसिया बैंकको अगाडी राती १० ः ३० तिर घिमिरेलाई त्यहीँ छाडिदिन्छन् । उनी आफ्नो ड्राईभरलाई लिएर उर्लाबारीतिर जान्छन् । त्यही मेन रोडमा छाडेका प्रवल घिमिरे भने भोली विहान सिँघिया खोलामा मृत अवस्थामा भेटिन्छन् । घटनाले यहीबाट धेरै आशंका उब्जाएको प्रहरी श्रोत बताउँछ । अत्याधिक मादक पद्धार्थ सेवन गरेका व्यक्ति त्यति टाढा कसरी पुगे भन्ने परिवारको प्रश्न छ ।

प्रवललाई भने घरका आफन्तले रातभर खोज्छन् तर कहीँ नभेटेपछि राती १ बजे नै जिल्ला प्रहरी कार्यालयमा हराएकोबारे सुचना दिन पुग्छन् । विहान ४ बजे सम्म पनि आफन्तले भेट्दैनन् । नभेटेपछि पुन आफन्त जिल्ला प्रहरी कार्यालयमा जान्छन् । उनीहरु त्यहाँ पुग्दा कतैबाट प्रहरीकहाँ खबर पुग्छ, फलानो हुलिया भएको मान्छे मृत अवस्थामा भेटिएको छ । नभन्दै घिमिरेको शव विराटनगर २ स्थित सिँघिया खोलाको किनारामा भेटिन्छ ।

विराटनगर २ सिघिया खोलामा भेटिएको शव हेर्दा कतै हत्या गरी फालिएको पो हो की भन्ने आशंका स्थानीयको छ । स्थानियबासी नरेश शर्मा यस्तो अबस्थामा शव भेटिनु हत्या भएको हुनसक्ने आशंका गर्छन् । यता मृतकका आमा बुबाले पनि छोरोको हत्या नै भएको दावी गरिरहेका छन् ।
मदिरा सेवन गरेको गरेको भए रातको समयमा त्यसरी एक्लै किन छाडियो मृतकका बुबा कृष्ण घिमिरेको प्रश्न छ । प्रहरीले घटना अनुसन्धान कै क्रममा रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी लोकदर्शन थापाले घिमिरेको पोष्टमार्टको रिर्पोट पनि आउने क्रममा रहेको र उनले प्रयोग गरेको फोनको कल डिटेल्समा आधारमा अनुसन्धान भईरहेको डिएसपी थापाले बताउनुभयो ।
मृतक घिमिरेसँग होटलमा जाने व्यक्ति र होटल संचालकहरुलाई कार्यालयमा बोलाएर दैनिकी सोधपुछ तथा अनुसन्धान भईरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

https://www.facebook.com/ourbrt/videos/2732041200176544/?v=2732041200176544

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्