परपुरुषसँगको यौन सम्बन्ध थाहापाएपछि प्रेमीसँग मिलेर श्रीमानको हत्या (भिडियो सहित)

परपुरुषसँगको यौन सम्बन्ध थाहापाएपछि प्रेमीसँग मिलेर श्रीमानको हत्या (भिडियो सहित)

विराटनगर । मोरङको कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ ।
परपुरुषसँगको अवैध सम्बन्ध चाल पाएपछि ३५ वर्षीया दयावती सरदारले प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदारसँग एक सातादेखि नै योजना बनाएर श्रीमानको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

विकासको शव टाउकोमा पछाडि चोट लागेको अवस्थामा ग्रामथान गाउँपालिका–३ स्थित पानी जमेको खाल्डोमा गत माघ ६ गते सोमबार फेला परेको थियो । श्रीमतीको परपुरुषसँगको सम्बन्ध नै विकासको हत्याको मुख्य कारण रहेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

एसपी अधिकारीका अनुसार तीन जनाले विकासलाई गाउँतिर तास खेल्न जानु पर्छ भन्दै लगे । केही पर एकान्तमा लगेर राति १० बजे फलामको डण्डीले सुरुमा ललनले टाउकोको पछाडि प्रहार गरेको उनको भनाइ छ । पहिलो प्रहारमै विकास ढलेपछि पालैपालो बद्री र मुकेशले पनि प्रहार गरेर गाम्छाले घाँटीमा कस्दै हत्या गरेर पानी जमेको खाल्डोमा लगेर फ्यालिदिएको प्रहरीको भनाइ छ । टाउकोमा हान्न प्रयोग गरिएको डण्डी लुकाएर राखिएको अवस्थामा प्रहरीले जुडी खोलाबाट बरामद गरेको छ ।

https://www.facebook.com/ourbrt/videos/179896956706494/

प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट पक्राउ गरेपछि उनले दिएको बयानका आधारमा दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पक्राउ परेका चारै जनालाई प्रहरीले मंगलबार विराटनगरमा सार्वजनिक गर्दै उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्