मोरङ प्रहरीले सार्वजनिक गर्यो,अनलाइन सपिङका नाममा ठगी गर्ने २ पुरुष सहित ६ महिला (भिडियो पनि )

मोरङ प्रहरीले सार्वजनिक गर्यो,अनलाइन सपिङका नाममा ठगी गर्ने २ पुरुष सहित ६ महिला (भिडियो पनि )

विराटनगर । मोरङ प्रहरीले अनलाइन सपिङका नाममा ठगि गरेको आरोपमा २ पुरुष सहित ६ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट करिब ६८ लाख बढी नेपाली रुपैयाँसहित उनीहरुलाई मंगलबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिदै सम्पर्क बिहिन हुदै नेपाल र भारतका नागरिकहरुबाट मोटो रकम लिएको खुलसा भएको छ ।
पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा गाउँपालिका– ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, मोरङ सुन्दरहरैँचा नगरपालिका– ३ का विशाल अर्याल भनिने निरन्जनप्रसाद आचार्य, धरान उपमहानगरपालिका – २० विष्णुपादुका बस्ने २० वर्षिय भावना राई, सोही स्थानकी १९ वर्षिय सरिता परियार, २० वर्षिय वर्षा कार्की, २३ वर्षिय सानु गौतम र २१ वर्षिय लक्ष्मी कार्की रहेका छन् ।
पक्राउ परेकाहरु मध्ये मुख्य नाईके निरञ्जन हुन् उनी शिक्षक समेत रहेको खुलसा भएको छ । निरञ्जनले अन्य सातजनालाई परिचालन गर्दै आएका थिए । युवतीहरुले भने बैंक खाता खोल्नका लागि नागरिकता दिएका थिए । चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएका थिए ।

निरञ्जनको समुहको नेटवर्क भारतमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरीले ५८ वटा बैंकका चेकबुक र एटिएम र खाली चेकबुक फेला पारेको छ । यसैविच प्रहरीले कम्प्युटर , कलर प्रिन्टर, नेपाल र भारतका सिमकार्ड र एक दर्जनबढी विभिन्न कम्पनीका मोबाईलहरु बरामद गरेकोे छ । पक्राउ परेकाहरुलाई मलुकी अपराध संहिता अनुसार ठगी, बैंकिङ कसुर, सरकारी छाप किर्ते, दोहोरो नागरिकता र संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाउने मोरङ प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस :

 

https://www.facebook.com/ourbrt/videos/1056537384692056/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्