विराटनगरमा अबैध चिठ्ठाको नाममा सर्बसाधारणबाट रकम असुल्ने गिरोह पक्राउ

विराटनगरमा अबैध चिठ्ठाको नाममा सर्बसाधारणबाट रकम असुल्ने गिरोह पक्राउ

विराटनगर । जिल्ला प्रसाशन कार्यलय मोरङ दर्ता भएको एक संस्था अवैध रुपमा चिठ्ठाको नाममा आम नागरिकहरुबाट मोटो रकम असुल्दै आएको भेटिएको छ । अमन समाज नेपाल नाममा संस्थाले अवैध रूपमा चिठ्ठाको योजना ल्याएर ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
चिठ्ठाका नाममा ठगिएको उजुरी आएपछि प्रहरीले चिठ्ठा योजना सञ्चालन गर्ने कमलेशकुमार मण्डल र उनका सहयोगीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार ठगी गर्ने उद्देश्यसहित कर्णको समूहले ३० किस्ता बनाई प्रत्येक किस्तामा ३ सय ८० रुपैयाँका दरले रकम संकलन गरी चिठ्ठा खोल्दै आएका थिए । बम्पर पुरस्कार कार र मोटरसाइकल पर्ने भन्दै मासिक रूपमा चिठ्ठा खोल्दै आएका थिए । चिठ्ठामा बहुमुल्य इलेक्ट्रोनिक्स सामान उपहार दिँदै आएका थिए । चिठ्ठाका नाममा अबैध रूपमा रकम संकलन गरी ठगी गरेको पाइएपछि पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अमन समाज नेपाल दर्ता भए पनि समाजका नाममा सञ्चालन हुने चिठ्ठा योजना कतै दर्ता छैन । दर्ता विना केही वर्षयता चिठ्ठा योजना सञ्चालन गर्दै आएको समूहले श्याम पार्टी प्यालेसमा महिनामा दुई पटक चिठ्ठा योजना सार्बजनिक गर्दै आएको प्रहरीले जनाएको छ ।
३ सय ८० रुपैयाँका दरले एक हजार एक सय सर्वसाधरणबाट किस्ता संकलन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरूले १६औं किस्तासम्म ४९ लाख रुपैयाँ संकलन गरेको देखिएको छ । प्रहरीले रंगेली नगरपालिका–६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका– ७ बस्ने ४५ वर्षीय राजेशकुमार साह, किसनदेव साहलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा श्रवणकुमार महतो र सूर्यनारायण महतो पनि पक्राउ परेका छन् । उनीहरूलाई चिठ्ठासम्बन्धी ऐनअनुसार अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्