विराटनगर–पोखरा उडान शुरु, १ घण्टा ५ मिनेटमा पोखरा पुग्न सकिने

विराटनगर–पोखरा उडान शुरु, १ घण्टा ५ मिनेटमा पोखरा पुग्न सकिने

विराटनगर । बुद्ध एयरले बिराटनगरबाट पोखरा उडान शुरु गरेको छ । पहिलो उडान पोखराबाट विराटनगरको लागि बिहान ११ बजे ४५ मिनेटमा भएको थियो । करिब १ घण्टा ५ मिनेटको उडानपछि बिराटनगर बिमानस्थलमा अवतरण गरेको बिच एयरक्राफ्ट १९०० डि को १८ सिटे जहाजले १७ जना ल्याएको थियो । सोही जहाज बिराटनगरबाट १ बजेर १० मिनेटमा १७ जना यात्रु बोकेर पोखराको लागि उडान गरेको बुद्ध एयर बिराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिनुभयो ।
हप्तामा नियमित ३ वटा उडान गर्ने तयारीका साथ बिराटनगर–पोखराको उडान शुरु भएको हो । सोमबार, बुधवार र शुक्रवार नियमति सेडियुलमा उडान हुने बुद्ध एयरले जनाएको छ । बिराटनगरबाट पोखराको उडानको लागि न्युनटम भाडादरमा उडान शुरु भएको भण्डारीको भनाई छ । उहाँका अनुसार बिराटनगरबाट पोखराको लागि ६ हजार २ सय भाडादर निर्धारण भएको भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्